पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

समाचार प्रभाव – लाज छोप्नको लागि अष्ट्रिच आयो, ऊट र चौरी हरायो

१८ माघ २०७३, मंगलवार ०८:३९

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्यताले अष्ट्रिच भित्राएको छ । 


महोत्सवको प्रचारका क्रममा महोत्सवका अष्ट्रिच, ऊट र चौरी प्रदर्शनीमा राख्ने बताएको महोत्सव आयोजकले विभिन्न बहाना बनाएर महोत्सव शुरु भएको पाँचौ दिनसम्म झुट बोल्दै र ढाकछोप गर्दे आइरहेता पनि बारम्बार महोत्सव आयोजगले झुट प्रचार गरेको समाचार आएपछि अष्ट्रिच चरा प्रदर्शनीमा राख्नको लागि बाध्य भएको हो । 


यद्यपी अझै ऊट र चौरी भने नआउने पक्कापक्की भैसकेको छ । लाज छोप्नको लागि भएपनि आयोजकले अष्ट्रिच चरा भित्राएको छ । आज महोत्सवको छैठौ दिन दर्शकको चाप भने न्यून देखिन्छ । आधा समय वितिसक्दा पनि सयौंको संख्यामा समेत दर्शक महोत्सव परिसरमा भित्रन सकेका छैनन् । 


कमजोर व्यवस्थापन, फितलो रणनीति र अव्यवस्थीत साउण्ड सिस्टमको म्यानेजमेन्टका कारण पनि महोत्सवमा दर्शकहरुको कम उपश्थीति रहेको पाइएको छ । अहिलेसम्म२ सयको संख्यामा बाहेक दर्शक महोत्सव परिसरमा भित्रिन सकेका छैनन ।

जसका कारण पनि महोत्सव असफल हुदै गएको बुझ्न सकिन्छ । महोत्सवका मूल नेतृत्वप्रति आयोजकनै विभाजित हुनु, कमजोर व्यवस्थापन, अनावश्यक होहल्ला र राजनीतिकरण, नाताबाद र क्रिपाबादको हाबी हुनुले पनि महोत्सव कमजोर र बनेको छ । स्टल राखेर बसेकाहरु पनि क्रमिक रुपमा छोड्दै हिड्न थालेका छन् । महोत्सवमा व्यापार नभएपछि लघुउद्यमी त निराश छन् अन्य पनि आफ्नो आवातजावात खर्च समेत नउठ्ने चिन्तामा छन् । 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने