कृष्णा कँडेल/माघ १८, बागलुङ । नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।
कार्यक्रममा बोल्दै श्रोत व्यक्ति डिल्लीप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक लगायत सम्पुर्ण सरोकारवाला एक भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा निर्वाचन मण्डलका संयोजक नरेश केसी, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला विक लगायतले मन्तव्य राख्नुभएको थियो ।
भेलाले दिवश खत्री पदमको अध्यक्षतामा गठन भएको ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव प्रधानाध्यापक भिमनाथ सुवेदी रहनुभएको छ । सदस्यमा लिला विक, खगराज सापकोटा, सपना वुढाथोकी, गौमती घर्ती, लोक वहादुर क्षेत्री, दिर्घ घर्ती, सिता सापकोटा रहनुभएको छ ।
भेलाले धनबहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरेको छ । कार्यक्रमामा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित दिवश खत्री पदमले विद्यालयको सवै पक्षको सुधारका लागि आफुले सम्पुर्ण सरोकारवालासँग समन्वय गरेर काम गर्नु प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला कर्णबहादुर चोखालको अध्यक्षता, शिक्षक दिपेन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक रामलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।