फागुन १३, नवलपरासी । नवलपरासीको अमलटारीमा
मृत गैडा फेला परेको छ ।
मृत गैडा देखेपछी निकुञ्जलाई खबर गरेको स्थानीय खामबहादुर मुसहरले बताए
। गैडाको खाग, खुर लगायतका मूल्यवान वस्तु सुरक्षित रहेको छ ।
मृत गैडालाई देखेर खबर गर्नेलाई
निकुञ्ज प्रशासनले ५० हजार रुपैयां पुरस्कार स्वरुप दिने व्यवस्था रहेको छ । तथापि निकुञ्जले अझसम्म
त्यस्तो पुरस्कार नदिएको स्थानीयले वताएका छन् ।