धु्ब बिष्ट । माघ १८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –११ फिन्नेकोटमा रहेको सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको प्राङ्गणमा मगंलबार देखि फिन्नेकोट भागवत रसबर्षा महोत्सव २०७३ शुरु भएको छ । विद्यालय ज्ञानको ज्योति दिने संस्था भएकोले विद्यालयको स्तरोन्नतीका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धु्ब बिष्ट । माघ १८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –११ फिन्नेकोटमा रहेको सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको प्राङ्गणमा मगंलबार देखि फिन्नेकोट भागवत रसबर्षा महोत्सव २०७३ शुरु भएको छ । विद्यालय ज्ञानको ज्योति दिने संस्था भएकोले विद्यालयको स्तरोन्नतीका लागि "/>
2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अमरगढी नगरपालिका–११ फिन्नेकोटमा मगंलबार देखि भागवत रसबर्षा महोत्सव शुरु

धु्ब बिष्ट । माघ १८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –११ फिन्नेकोटमा रहेको सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको प्राङ्गणमा मगंलबार देखि फिन्नेकोट भागवत रसबर्षा महोत्सव २०७३ शुरु भएको छ । विद्यालय ज्ञानको ज्योति दिने संस्था भएकोले विद्यालयको स्तरोन्नतीका लागि महोत्सवको आयोजना गरिएको रसबर्षा महोत्सव २०७३ राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञका संयोजक लालमणि जोशीले जानकारी दिनु भएको छ ।  महोत्सवको उद्धाटन गर्नु अघि शोभा यात्रा तथा कलश यात्रा निकालि रडुवा लगायत बिभिन्न ठाँउ हुदैँ पुनः बिद्यालयको प्राङ्गणमा बिशाल महोत्सवमा परिणत भएको थियो । सरस्वती आधारभूत बिद्यालय फिन्नेकोटको स्तरोन्नती तथा समग्र बिकासका लागि र जिवात्म प्राणीको मुक्तिमा महायज्ञ केन्द्रित रहेको रसबर्षा महोत्सव २०७३ राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञ समितिका सह–सचिव पदम बहादुर बोहराले बताउनु भएको छ । ‘सच्चा सपुत हौ यदि राष्ट्रका भने, माटो लिउ मुठ्ठिमा, आऔँ देश बनाउने सपथ लिउँ, हाम्रो यस अभियानमा’ भन्ने मुल अभियानका साथ मगंलबार देखि सञ्चालित महोत्सव माघ २५ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रकल्याण, पितृधारण, शहस्त्र शालिग्राम पुजा अर्चना बिराट महायज्ञ अन्र्तराष्ट्रिय बैद्धिक सस्कृति प्रचारक पदम श्रद्धेय हरि सरण महाराज ज्यूको मुखार विन्दु वाट अमृतरुपी भागवतको श्रवण गरी आत्म शान्ति राख्न अनुरोध गरिएको छ । महोत्सवको आयोजना प्रति स्थानियहरुले खुसी व्यक्त गरेका छन । सञ्चालित महायज्ञमा सवै श्रद्धालु भक्तजनहरुमा सहयोगको अपेक्षा समेत गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो