प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भन"/>

2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एक्कासी मुख्य चोकमै शङ्क रन्किएपछि ! (भिडियो सहित)

प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भने बालबालिकाहरु कोही पैदल, कोही साइकलमा विद्यालय जान हतारिँदै थिए । सदरमुकाम गुलरिया स्थित मुख्य चोकमा नै एक्कासी शङ्खघण्टको आवाज आएपछि भने सबैको ध्यान एकैछिन भएपनि त्यतैतिर आकर्षित भएको थियो ।

विगत केही वर्षदेखि नै कहिले संविधान नल्याएको, कहिले राजनैतिक अस्थिरता छाएको र कहिले बन्द हड्ताल भएको र कहिले निर्दोष जनताहरु विनाकारण मारिएको भन्दै नेपालका धेरै ठाउँहरुमा श्राद्ध, शान्तिपूजा तथा पाञ्चायन पूजन गर्दै आउनुभएका गुलरियाका नागरिक राकेश कुमार शर्माले वर्तमान नेतृत्वबाट अब मुलुक झन् झन् सङ्कटमा फँस्दै जाने र जनताहरुको टाउको प्रहार हुने काम मात्रै हुने भएकोले यसको यथाशीघ्र विकल्प खोजिनु पर्ने भन्दै पाञ्चायन देवहरुको पूजन गर्नुभएको हो । 

राष्ट्र र राष्ट्रियता जोगाऔँ भन्दै वहाँले नयाँ शक्तिको आवश्यकतालाई औंल्याउनु भएको छ । कार्यक्रममा राखिएको व्यानरमा वहाँले राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, पाँच प्रदेश, प्रजातन्त्रको रक्षा, हिन्दु राष्ट्र कायम गर्न, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ३ जङ्गबहादुर राणा आदि जस्ता राष्ट्रवादी शक्तिको आवश्यकता भएको कुरा उल्लेख गरिएको थियो । साथै पाञ्चायन पूजनपश्चात वहाँले नेताहरुले डलरको लोभमा सनातन हिन्दू धर्मको अस्तित्व मेट्ने प्रयास गरेकोले आक्रोस व्यक्त गर्नुहुँदै यदि यस्तै हो भने यो मुलुकको प्रगतिको लागि लिजमा दिए भैहाल्यो नि भन्नुभयो । 

वहाँले चोकमा विधिवत् पाञ्चायन पूजन गरिरहँदा वरपर बसेर विभिन्न व्यक्तिहरुले दृश्यावलोकन गरेका थिए ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई