माघ १९, बाबियाचौर (म्याग्दी) | म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ । 

परोपकारी संस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, बाबियाचौर (म्याग्दी) | म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ । 

परोपकारी संस्"/>

2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रक्त क्यान्सरपीडितका लागि सहयोग संकलन

माघ १९, बाबियाचौर (म्याग्दी) | म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ । 

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षीया भण्डारीको उपचारका लागि मङ्गलबारदेखि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन संस्थाका पदाधिकारी तथा संस्थापकबाट रु ३१ हजार सहयोग प्राप्त भएको छ । 

दुई छोरा र दुई छोरीकी आमा भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरिएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । “चिकित्सकका अनुसार रु १५ लाख जुटाउन सकेमा उपचार सम्भव छ”– शाक्यले भन्नुभयो “कोषको यो २७ औँ अभियान हो ।” 

कोषले यसअघि २६ जना आर्थिकरुपमा विपन्नको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीमार्फत करोडाँै रुपैयाँ सहयोग जुटाएको छ । भण्डारीको चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रोजगारीका लागि एक वर्षअघि कतार गएका फूलमायाका श्रीमान् रोशन पनि स्वदेश फर्किएर उनको उपचारमा जुटेका छन् । 

भण्डारीको उपचारका लागि परिवार र आफन्तले हालसम्म रु चार लाख खर्च गरिसकेको दाजु दलबहादुर खत्रीले बताउनुभयो । “घरजग्गा धितो, ऋण र परिवारसँग भएको पैसा सकिएकाले सहयोग गरी जीवनरक्षाका लागि अपिल गरेका हौँ– खत्रीले भन्नुभयो । 

कोषले सन्तोष गौतमको संयोजकत्वमा १२ सदस्यीय फूलमाया बचाउ अभियान सञ्चालन गरेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई