१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मगर दिवशका दिन बुर्तिबाङमा उपराष्ट्रपतीलाई नागरिक अभिनन्दन गरिने

१९ माघ २०७३, बुधबार ०३:३५

कृष्ण कँडेल | माघ १९, बागलुङ | मगर समाज सेवा केन्द्र बुर्तिबाङले नेपाल मगर संघ जिल्ला कार्यसमिति बागलुङसँगको सहकार्यमा आगामी फागुन १५ गते बृहत सांस्कृतिक कार्यक्रम सहित मगर दिवश मनाउने भएको छ । 

उपराष्ट्रपती नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा मगर दिवश विशेष कार्यक्रम गर्न लागिएको मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

नेपाल मगर संस्था स्थापनाको अवसरमा पारेर प्रत्यक बर्ष फागुन १५ गते मनाईने मगर दिवश यो बर्ष बुर्तिबाङमा उपराष्ट्रपतीको नागरिक अभिनन्दन, विशिष्ट व्यक्तित्वको सम्मान सहित सांस्कृतिक कार्यक्रम गरिने उहाँको भनाई छ । कार्यक्रममा जनजाती आन्दोलनको अगुवा तथा त्रिभुवन विश्वविद्यालय समाजसाश्त्र विभागका विभागिय प्रमुख डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार डाक्टर भवानी बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सहासचिव उजिर मगर लगायतका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने र उहाँहरुबाट सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा माघ १० गतेदेखि १५ गतेसम्म ताराखेल प्रतियोगिता आयोजना गरिएको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार र गोल्ड मेडल तथा द्वितिय हुनेलाई नगद २५ हजार र सिल्भर मेडल प्रदान गरिने छ । कार्यक्रममा कलाकारहरु कुमार पुन मगर, राजु परियार, प्रिती आले मगर, तृसना मगर र हाँस्य कलाकार निर आले मगरको प्रश्तुती रहने आयोजकले जनाएको छ । 

सो अबसरमा मगर समुदायबाट राज्यको उच्च पदमा पुग्नुभएका उपराष्ट्रपती नन्दबहादुर पुन पासाङलाई नागरिक अभिनन्दन गरिने केन्द्रका उपाध्यक्ष सेरमान घर्ती मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड