Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मगर दिवशका दिन बुर्तिबाङमा उपराष्ट्रपतीलाई नागरिक अभिनन्दन गरिने

२०७३, १९ माघ बुधबार ०३:३५

कृष्ण कँडेल | माघ १९, बागलुङ | मगर समाज सेवा केन्द्र बुर्तिबाङले नेपाल मगर संघ जिल्ला कार्यसमिति बागलुङसँगको सहकार्यमा आगामी फागुन १५ गते बृहत सांस्कृतिक कार्यक्रम सहित मगर दिवश मनाउने भएको छ । 

उपराष्ट्रपती नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा मगर दिवश विशेष कार्यक्रम गर्न लागिएको मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थमप्रकाश पुनले जानकारी दिनुभयो । 

नेपाल मगर संस्था स्थापनाको अवसरमा पारेर प्रत्यक बर्ष फागुन १५ गते मनाईने मगर दिवश यो बर्ष बुर्तिबाङमा उपराष्ट्रपतीको नागरिक अभिनन्दन, विशिष्ट व्यक्तित्वको सम्मान सहित सांस्कृतिक कार्यक्रम गरिने उहाँको भनाई छ । कार्यक्रममा जनजाती आन्दोलनको अगुवा तथा त्रिभुवन विश्वविद्यालय समाजसाश्त्र विभागका विभागिय प्रमुख डाक्टर ओम गुरुङ, बरिष्ठ पत्रकार डाक्टर भवानी बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सहासचिव उजिर मगर लगायतका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने र उहाँहरुबाट सम्बोधन हुने आयोजकले जनाएको छ । सो अवसरमा माघ १० गतेदेखि १५ गतेसम्म ताराखेल प्रतियोगिता आयोजना गरिएको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार र गोल्ड मेडल तथा द्वितिय हुनेलाई नगद २५ हजार र सिल्भर मेडल प्रदान गरिने छ । कार्यक्रममा कलाकारहरु कुमार पुन मगर, राजु परियार, प्रिती आले मगर, तृसना मगर र हाँस्य कलाकार निर आले मगरको प्रश्तुती रहने आयोजकले जनाएको छ । 

सो अबसरमा मगर समुदायबाट राज्यको उच्च पदमा पुग्नुभएका उपराष्ट्रपती नन्दबहादुर पुन पासाङलाई नागरिक अभिनन्दन गरिने केन्द्रका उपाध्यक्ष सेरमान घर्ती मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा