१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको नगर उद्यान बन्यो काँसघारी

१९ माघ २०७३, बुधबार ०५:१६

माघ १९, बनियानी (झापा) |  सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ । 

डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिएपनि त्यसयता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो । आर्थिक वर्ष २०७१÷७२ मा भद्रपुर नपा र जिल्ला वन कार्यालय झापाले संयुक्तरुपमा नगर उद्यानको घोषणा गरेका थिए । 

नगरपालिका र वन कार्यालयबीच भएको सम्झौता अनुरुप उद्यानको निर्माणमा रु १० लाख लगानी गरिसकिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो । “सम्झौताअनुसारको काम गरेर हामीले उद्यान जिम्मा लगायौँ”– उप्रेतीले भन्नुभयो, “उद्यानको गुरुयोजना बनाएर नगरपालिकाले काम गर्नुपर्ने हो ।” 

नगरपालिकाले उपलब्ध गराउने भनिएको रु छ लाख हालसम्म उपलब्ध नगराएको उद्यान उपभोक्ता समितिका अध्यक्ष धनजुजु श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले लगानी कबोल गरेको रु छ लाख हालसम्म प्राप्त हुन सकेको छैन”– उहाँले भन्नुभयो, “त्यसैले उपभोक्ताले व्यहोर्ने रु एक लाख ५९ हजार पनि लगानी गर्न सकिएको छैन ।” 

जम्मा ८६७,६३५ वर्ग मिटर क्षेत्रफलको उद्यान निर्माण गर्न तारघेरा, फूल तथा वृक्षरोपणका लागि वन कार्यालयले बजेट विनियोजन गरी एक वर्षसम्म त्यसको रेखदेखका लागि पालेसमेत राखेको थियो । त्यसपछि नगरपालिका कार्यालयमा मालीको दरबन्दी भएपनि उद्यान स्याहार सम्भारविहीन बनेको छ । 

नगरपालिकाले उद्यान निर्माणका लागि चालु आवमा समेत रकम विनियोजन गरेको छैन । सरोकारवालाको बेवास्ताका कारण नगरको शोभा बढाउने उद्यान अलपत्र अवस्थामा रहेको स्थानीय दिप लिम्बूले बताउनुभयो । 

नगर उद्यान निर्माणका लागि नगरपालिकासँग तत्काल कुनै स्रोत नभएको नगरपालिकाका अधिकृत काजीमान राईले बताउनुभयो । “स्रोत नभएकाले काम अघि बढेको छैन”– उहाँले भन्नुभयो, “हामी स्रोत जुटाउने कोसिस गरिरहेका छौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित