फागुन १७,
नवलपरासी । महिला तथा बालबालिका कार्यालय नवलपरासीले आयोजना गरेको व्यवसायिक शिप विकास तालिम
अन्तर्गत तरकारी खेती तालिम आज सम्पन्न भएको छ । यहि फागुन ११ गतेदेखि आज १७ गते ७ दिनका लागि आयोजित यो
तालिम आज सम्पन्न भएको हो । ग्रामिण क्ष्ोत्रका करिब ३० जना महिलाहरुलाई गरिबी विरुद्धको अभियान
अन्तर्गत आयआर्जनको उद्देश्यले सो तालिम आयोजना गरिएको महिला विकास अधिकृत उर्ववरा लुईटेलले बताउनु भयो
।
विभिन्न कारणले पछाडी परेका ग्रामिण क्षेत्रका महिलाहरुको जिवन स्तरमा सुधार
ल्याउन तथा जनचेतना जगाउन महिला तथा बालबालिका कार्यलायले शिपमुललक तालिमहरु प्रदान गर्दै आएको महिला
विकास अधिकृत लुईटेलले बताउनु भयो ।
तालिममा सहभागि करिब ३० जना
महिलाहरुलाई जिल्ला कृषि विकास कार्यलाय एवं महिला कार्यालयबाट तरकारी खेतीको विषयमा प्रशिक्षण गरिएको
थियो । तालिम पश्चात महिलाहरुले आफनो समुदायमा गई आफु तरकारी खेती गर्न र अरु महिलाहरुलाई पनि तरकारी
खेती गर्न उत्प्रेरित गर्न महिला विकास निरिक्षक अपसरा सुबेदीले ति महिलाहरुलाई आग्रह गर्नु भयो
।