माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

काठमाडौँको इँटाभट्टाबाट फर्काइए रोल्पाका दुई बालक

१९ माघ २०७३, बुधबार ०५:३१


माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक्रमकाबीच अभिभावकको जिम्मा लगाएको छ । 

काठमाडौँस्थित बालविकास समाजमार्फत उद्धार गरिएका हार्जङ–५, रोल्पाका १४ वर्षीय शङ्कर विक र गैरीगाउँ–५ रोल्पाका १४ वर्षीय दीपक डाँगीलाई अभिभावकको जिम्मा लगाइएको हो । 

घरबाट भागेर नाइकेमार्फत काठमाडौँ पुगेका ती दुवै बालक केही महिना पहिलेदेखि इँटाभट्टामा जोखिमपूर्ण काममा संलग्न रहेका थिए । 

महाशक्ति इँटा उद्योग भक्तपुरका प्रोपाइटर कृष्णप्रसाद सुवालले काममा संलग्न दुई बालक विक र डाँगीलाई भक्तपुर प्रहरीको जिम्मा लगाएपछि बालविकास समाजमार्फत बालकलाई अभिभावकको जिम्मा लगाइएको बालविकास समाज काठमाडौँका कार्यक्रम सुपरभाइजर विदुर नेपालले जानकारी दिनुभयो । 

यसरी फर्काइएका डाँगीले प्रावि रानागाउँमा कक्षा ४ सम्म पढेर बीचमै पढाइ छोडेका थिए भने विक निरक्षर छन् । उनले सामान्य क, खसम्म पनि चिनेका छैनन् । डाँगीलाई पुनः विद्यालय भर्ना गराउने निर्णय भएको छ । आर्थिक अभावमा पिल्सिएका डाँगीलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शैक्षिक सामग्री उपलब्ध गराउने दिलकमल क्षेत्रीले बताउनुभयो । 

कार्यक्रममा महिला विकास अधिकृत लोकेन्द्र आचार्यले डाँगीलाई बालविकास समाज काठमाडाँैले उपलब्ध गराएको कापीकलम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बालकल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारी, हुरेक रोल्पाका हस्तबहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य