2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका दलले तोक्न थाले सूचना अधिकारी

माघ १९, भोजपुर । भोजपुर जिल्लामा क्रियाशील राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका छन् । 

जिल्लामा क्रियाशील नेकपा (माले) जिल्ला कमिटीले पार्टीको सूचना अधिकारी तोकेको छ । पार्टीले उपसचिव नवराज चर्माकारलाई आफ्नो पार्टीको सूचना अधिकारी नियुक्त गरेको पार्टी सचिव अनिल बस्नेतले जानकारी दिनुभयो । 

भोजपुर जिल्लामा राजनीतिक दलकातर्फबाट सूचना अधिकारी तोक्ने नेकपा (माले) पहिलो राजनीतिक दल भएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी भएको एक दशकपछि बल्ल कानुनले सार्वजनिक निकाय भनी तोकिएका राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका हुन् । 

अझै पनि सूचना मागसम्बन्धी निवेदन र उजुरी दर्ता गरिएका भोजपुर जिल्लामा क्रियाशील ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) एकीकृत (माओवादी केन्द्र) तथा अन्य दल राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाललगायत राजनीतिक दलले कानुनको पालना गर्ने, सूचना अधिकारी तोक्ने र सूचना उपलब्ध गराउने अग्रसरता देखाएका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई