१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सचिवहरुले गाविस कार्यालयको काम ठप्प पारे

१९ माघ २०७३, बुधबार ०९:२१

माघ १९, भद्रपुर । प्रोत्साहन भत्ता रोकेकोमा विरोधमा गाविस सचिवले आजबाट झापाका सबै गाविस कार्यालयको काम ठप्प पारेका छन् । 

कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पारेका हुन् । 

गाविस सचिवले सरकारले निजामती कर्मचारीलाई कानुन निर्माण गरी सङ्घीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने कानुनको मस्यौदा गर्न लागेको सन्दर्भमा आफ्ना सुझाव पनि दिएका छन् । 

गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले आज एक विज्ञप्ति जारी गरी नौ सूत्रीय सुझाव सरकारलाई दिएको छ । 

सुझावमा सरकारी सेवालाई सङ्घीय सेवा र प्रदेश सेवा गरी दुई तहमा मात्र राख्नुपर्ने, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्नुपर्ने, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धिसहितको अवकाश योजना ल्यउनुपर्ने, स्थानीय तहमा खटी कामकाज गर्नुपर्दा शतप्रशित प्रोत्साहन भत्ता दिनुपर्ने, खाइपाई आएको सेवा सुविधा नघट्ने र सेवा प्रवेश गर्दाको सर्तमा कम नहुने गरी सुनिश्चित गर्नुपर्ने र सङ्घीय तथा प्रदेशमा समायोजनको लागि विभाजन गर्दा शैक्षिक योग्यता, कार्य सम्पादन, ज्येष्ठता, स्थायी बसोवास र हाल कार्यरत भूगोललगायत आधारमानी छनोटको अवसर दिनुपर्ने जस्ता सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड