नन्द बहादुर रोकाया/माघ १९, मुगु । आपना छोराछोरीको नाक–कान छेड्ने आमाहरुको बिहानैदेखि सुन पसलमा भिड लागेको छ ।
आज माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका दिन कर्णालीका महिला हरु नाक कान छेड्दा आयु बढ्ने र मृत्यु पश्चात स्वर्गमा पुगिने बिश्वासका साथ कर्णाीलीका महिलाहरु प्रत्यक बर्ष‘श्रीपञ्चमी’ दिन आपना छोराछोरीको नाक–कान छेड्ने गर्दछन ।
बिगतका बर्षहरुमा घरमै काडाँ सियोले नाक–कान छेड्ने र नाक–कानमा धागो झुन्डाईने गरेको भएपनी हिजो आज सुन पसलमा आएर नाक–कान छेडि सुन लगाईहाल्ने प्रचलनले गर्दापनि सुन पसलमा आएको कार्काीवाडा गाबिसकि सुर्जपुरा रावलले बताउनुभयो ।
सदरमुकाम गमगढीमा रहेका सुन चाँदी पसलमा आज दिनभर आपना छोराछोरीको नाक–कान छेड्ने महिलाहरुको भिड लागेको थियो । गमगढीमा सुन चाँदी पसल गदै आउनु भएका राजु सुनुवारका अनुसार आज आपनो पसलमा ५० जना बालबालीका को नाक र ८० जना बालबालीको कान छेडेको बताउनुभयो ।
उहाँका अनुसार कान नाक छेड्को निशुल्क गरीएको र ३४ जोर मुन्दा बिक्रीबाट एक लाख २० हजार सम्म पैसा उठेको सुन पसले राजु सुनुवारले बताउनु भयो ।