2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा औषधि अभाव छैन, स्वास्थ्य कार्यालयमा औषधि मौज्दात

नन्दराम जैशी, माघ २०, जुम्ला । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जिल्लामा औषधिको अभाव नभएको बताएको छ । जिल्लामा आज पत्रकारसँग अन्र्तक्रिया गर्दै कार्यालयले हाल जुम्लामा औषधिको अभाव नभएको बताएको हो । जुम्लामा संचालित ३० वटा स्वास्थ्य चौकि, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र एउटा शहरी स्वास्थ्य केन्द्रमा हाल औषधिको अभाव नभएको निमित्त कार्यालय प्रमुख पृथ्वीनाथ योगिले जानकारी दिए ।

हाल जिल्लाका स्वास्थ्य चौकि, सामुदायिक स्वास्थ्य इकाइ र शहरी स्वास्थ्य केन्द्रबाट ३५ प्रकारका र प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि सेवाग्राहि बिरामिलाइ निशुल्क बितरण भैरहेको छ । जिल्लामा औषधिको अभाव नभएका कारण स्वास्थ्य संस्थामा आउने बिरामिलाइ सेवा प्रवाह गर्न समस्या नभएको निमित्त प्रमुख योगिले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रम फोकल प्रशन किरण शर्माका अनुसार जुम्लाका कुनै पनि स्वास्थ्य चौकिमा औषधि अभाव नभएको र कार्यालयमा औषधि मौज्दात रहेको बताइएको छ ।

जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा औषधि अभाव भएमा माग फारम सहित तत्काल कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै स्वास्थ्य संस्थाको माग अनुसार औषधि बितरण गरीने उहाले बताए । कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रमका स्टोर किपर गोविन्द खनालले आगामि दिनमा पनि जिल्लामा औषधि अभाव हुन नदिन औषधि आयात गर्ने कार्य जारी रहेको बताए ।

जुम्लामा औषधि सप्लाइ गर्नका लागि कमला मेडिसिन डिस्टीविटर नेपालगंजले टेन्डर पाएको जानकारी दिदै औषधि आयात भैरहेको बताए । केहि प्रकारका औषधि स्टोर रहेको भन्दै नेपाल सरकारद्धारा निशुल्क बितरीत बाँकि ४२ प्रकारका औषधि अबको एकहप्ता भित्र जिल्ला भित्रिने र तत्काल अभाव देखिएमा स्वास्थ्य संस्थामा बितरण गरीने जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो