२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शहरको साखा सडकमा ट्रयाक खोल्ने काम सुरु

२० माघ २०७३, बिहीबार ०३:३१

कृष्ण कँडेल, माघ २०, बागलुङ । बुर्तिबाङ नयाँ शहर आयोजनाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ देखि ईलाका प्रसाशन चोक सम्मको साखा सडक विस्तार र स्तरोन्नतीका लागि बुधबार देखि ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । 

सडकको दायाँ बाँयाका जग्गा धनीहरुले सडकमा पर्ने जग्गा छाड्ने विषयमा सहमती हुननसक्दा रोकिएको सडक निर्माणको काम स्थानिय रुपमा क्रियाशिल राजनितिक दलका अगुवाको सहभागीतामा समन्वय गरि सुरु गरिएको हो । 

सडक विस्तार क्षेत्रमा पर्ने २ मिटरको कुलोलाई आधार मानेर त्यसको दायाँवायाँ २÷२ मिटर लिने गरि ६ मिटरको सडक निर्माण गर्ने गरि राजनितिक दलका प्रतिनिधि र जग्गा धनीको उपस्थितीका सहमती गरेर काम सुर गरिएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन सेरचनले जानकरी दिनुभयो । 

नयाँ शहर आयोजना अन्तरगत चालु आर्थिक बर्षमा स्विकृत भएको बजेटबाट साखा सडक विस्तारको काम गर्ने गरि गत असोजमा धुलिखेल आत्रेय जेभिसँग ठेक्का सम्झौता भएपनि जग्गाा धनीसँग कुरा नमिल्दा अहिले सम्म काम सुरु हुने सकेको थिएन । 

जग्गा धनीहरुले आफ्नो जग्गा तथा भौतिक संरचना बचाईदिन नगरविकास समितिमा निवेदन समेत दिएका थिए । 

निवेदन दिएका मध्य केहि जग्गा धनीसँग आजै छलफल गरिएको र बाँकी सँग भोली छलफल गरेर काम तिब्र रुपमा अघि बढाईने अध्यक्ष सेरचनले जानकारी दिनुभयो । 

बुर्तिबाङ नयाँ शहर आयोजनाको काम अपेक्षाकृत हुन नसकेर आयोजना फिर्ता हुन सक्ने चर्चा विच विवादित ठाउँमा सहयोग र समन्वय गर्न हिजो मात्र स्थानिय रुपमा क्रियाशिल राजनितिक दलका प्रतिनिधि रहेको सहयोग समन्वय समिति गठन भएको थियो । 

नगर विकास समिति, हिजो गठन राजनितिक समितिका सदस्य, नयाँ शहर आयोजनाका प्राविधिक तथा जग्गा धनी विच छलफल पछि सडकको मापदण्ड अनुसार काम अघि बढाउने सहमती गरिएको नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्यालले जानकारी दिनुभयो । 

स्थानिय रुपमा विकासको काम हुन नसक्ने र बजेट समेत खर्च नहुने अबस्था आए नयाँ शहर बुर्तिबाङबाट फिर्ता हुने चिन्ता सहित नगरविकास समिति, स्थानिय राजनितिक दल तथा सम्पुर्ण सरोकारवालाको थप सक्रियातामा काम अघि बढाउने निर्णय मंगलबार मात्र भएको बैठकले गरेको थियो । 

त्यसको भोली पल्टदेखि नै बुर्तिबाङ बाजरको विचबाट निर्माण हुने साखा सडकको काम सुरु गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य