Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने

२०७३, २० माघ बिहीबार ०९:४७

माघ २०, रुपन्देही । लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । 

अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भन्नुभयो – “मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ । फार्मेसी सञ्चालन गर्ने अन्तिम तयारीमा छौँ ।” अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । 

कात्तिक महिनामा अस्पतालको आइसियु (सघन उपचार कक्ष) उद्घाटन गर्न बुटवलमा आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालभित्र फार्मेसी तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । उहाँले बजेट अभाव हुन नदिने तर अस्पताल परिसरबाट बिरामीले सहज रुपमा औषधि खरिद गर्न पाउने व्यवस्था गर्न भन्नुभएको थियो । 

अस्पतालमा दैनिक ८०० देखि एक हजारसम्म बिरामी आउने गरेका छन् । बिरामीको सङ्ख्या बढेर निकै लामो लाम लाग्नुपर्ने भएपछि अस्पतालले हालै टोकन प्रणाली लागू गरेको छ । 

स्वास्थ्य मन्त्रालयबाट बिहान १० देखि ५ बजेसम्म सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन आएको र यसै अनुसार तयारी भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा