2026-06-29 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने

फागुन २६, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजन
उत्कृष्ट संचारमाध्यम सम्मान २०७२ बाट सम्मानित हुने भएको छ । जिल्ला विकास समिति नवलपरासीले हरेक बर्ष
प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता सम्मानबाट यसबर्ष त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने
भएको हो ।

नेपाल पत्रकार महासंघ नवलपरासीको मंगलवार कावासोतीमा
भएको बैठकले त्रिवेणी सामुदायिक टेलिभिजनलाई उत्कृष्ट संचारमाध्यामका रुपमा सम्मान गर्ने सर्बसम्मत
निर्णय गरेको थियो ।

फागुन २८ गते परासीमा हुने जिल्ला
विकास समिति नवलपरासीको २४ औ जिल्ला परिषदमा त्रिवेणी सामुदायिक टेलिभिजनका साथै पत्रकार नविन पौडेल र
हिमालदेव पंगेनीलाई समेत पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माले
बताउनुभएको छ ।

स्थानीय विकास निर्माण लगायतका मुद्धाहरुलाई
शसक्त रुपमा उठाएका कारण त्रिवेणी सामुदायिक टेलिभिजनलाई संस्थागत रुपमा सम्मान गर्ने निर्णय गरिएको
अध्यक्ष शर्माले जानकारी दिनुभयो । सम्मानमा नगद तथा प्रमाणपत्र रहेको छ ।


त्यस्तै पत्रकार पौडेल कान्तिपुर टेलिभिजन र पंगेनी बिजय एफएम गैडाकोटमा आबद्ध रहनुभएको छ
। उता जिल्ला विकास समितिको २४ औं जिल्ला परिषदको तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन २८ गते परासी क्याम्पसमा हुने परिषद् का लागि बिषयगत तथा एकीकृत योजना तर्जुमा
गोष्ठी लगायतको तयारी पुरा भएको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ