२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुर्घटनामा एकको मृत्यु, २४ जना घाइते

२०७३, २० माघ बिहीबार ११:२७

माघ २०, दमौली । तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 

घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र दुर्घटनामा परी गम्भीर घाइते हुने जामुने–१ बस्ने ३० वर्षीया चिजामाया थापालाई काठमाडौँको ग्रान्डी अस्पतालमा र जामुनेकै मनिषा थापा, लालमाया राना,सुकमाया श्रेष्ठ, मनपाङ–१की अस्मिता श्रेष्ठ र जामुनकै सविता थापालाई पोखरास्थित क्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । 

पोखराबाट दमौली आउँदै गरेको ग१ख ३२८८ नंको बस अनियन्त्रित भई पल्टेको थियो । अन्य सामान्य घाइतेको दमौलीको रत्नहरि, व्यास सिटी, नेसनल एपोलो र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस चालक मनपाङ–१ बस्ने भीमसेन नारायण श्रेष्ठसमेत सामान्य घाइते रहेको र उपचारपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ