माघ २०, नवलपरासी । नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, नवलपरासी । नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती स"/>

2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १ करोड ३९ लाख लागतमा बन्यो नँया आँखा अस्पताल भवन


माघ २०, नवलपरासी । नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती संघले निर्वाह गरेको बताउनु भएको छ । नेपाल नेत्र ज्योती साखा कार्यालय परासीको २७ औं साधरण सभ तथा डाक्टर बिनोद निता कण्डेल आँखा अस्पतालको स्थापना दिवसमा नवनिर्मित २२ सईययाको आँखा अस्पताल भवनको उद्घाटन गर्दै नेपाल नेत्र ज्योती संघका केन्द्रिय अध्यक्ष मिश्रले आँखा सबैभन्दा सम्बेदनशिल अङ्ग भएको तर नेपाल सरकारको आफ्नो अहिलेसम्म कुनैपनि आँखा अस्पताल नभएको अवस्थामा नेत्र ज्योती संघले अहम भुमिका निर्वाह गरेको बताउनु भएको हो । 

नेपाल नेत्र ज्योती संघ शाखा कार्यालय नवलपरासीकी सभापति मन्जु कण्डेलको सभापतित्व तथा केन्द्रिय अध्यक्ष प्रा.डा तिर्थ प्रसाद मिश्रको प्रमुख आतिथ्यमा १ करोड ३९ लाखको लागतमा उक्त भवनको आज उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै अस्पतालकी ब्यवस्थापन समितिकी अध्यक्ष मञ्जु कण्डेलले परासी क्षेत्रमा सम्पुर्ण उद्योगि ब्यवसायी सहित राजनितिक र समाजसेवी ब्यवक्तित्वको राम्रो सहयोग रहेको निकट भविष्यमै महेशपुर परासी सडक खण्ड अन्तर्गत परासीमा रहेको २ बिगहा १० कठ्ठा जग्गामा सुबिधा सम्पन्न आँखा अस्पताल निर्माण हुने योजना सहित कार्य अघि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले नेपाल नेत्र ज्योती संघको आँखा उपचारवाट भारतको युपी र बिहारका अधिकांस विरामीहरु लाभान्वीत भएकाले निकट भविष्यमा निर्माण हुने सुबिधा सम्पन्न अस्पतालको भवन निर्माणमा भारतीय दुताबासको बिशेष सहयोग रहेको बताउनु भयो ।

बिक्रम सम्बत २०४४ सालवाट आँखाका बिरामीहरुलाई परालको ओछ्यानमा राखेर उपचार गदै आएको बिनोद निता कण्डेल आँखा अस्पतालले अहिले आफनै ५ कठठाको भवनमा २२ सईययाको अस्पतालवाट सेवा सुरु गरको छ । 

स्थापनाकाल देखि अस्पतालवाट हाल सम्म १लाख ४० हजार बिरामीहरुको उपचार गरिएको छ भने ७ हजार ८ सय ८९ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । यस्तै असहाय र बिपन्न समुदायका बिरामीहरुका लागि अस्पतालले स्थापना गरकोे अक्ष्यकोषवाट निशुल्क उपचार हुदै आएको भने बर्तमान अवस्थामा रु १० लाख अक्षयकोषमा रहेको अस्पताल श्रोतले जनाएको छ ।

अस्पतालले दैनिक सरदर २ सय बिरामीहरुको आँखाको उपचार गर्दै आएको छ भने गत आर्थिक वर्षमा ३६ हजार ५ सय २१ जनालाई बहिरङ्ग सेवा र १ हजार ४ सय ५८ जनाको शल्यक्रिया गरिएको अस्पतालका ब्यवस्थापक तुलशी प्रसाद प्राजुलीले जानकारी दिनुभयो । 

सो अवसरमा  नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव श्याम प्रसाद पोख्रेल, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु पौडेल, पश्चिमाण्चल ईलम प्रशिक्षण केन्द्र नवलपरासीका अध्यक्ष बैजनाथ जैसवाल, पृथ्वीचन्द्र अस्पताल परासीका अध्यक्ष सन्तोष श्रिवास्तव, पृथ्वीचन्द्र अस्पताल ब्यवस्थापन समिति परासीका अध्यक्ष सन्तोष श्रिवास्तव, नेपाल नेत्र ज्योती  संघ साखा कार्यालय नवलपरासीका उपसभापति हरिप्रसाद उपाध्याय, सचिव सञ्जय कुमार कर्ण, लेखापाल धिरेन्द्र कुमार सहानी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा