2026-06-30 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीे सुनवलका ११७ बालक्लबद्धारा धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता

फागुन २८, नवलपरासी । धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल नगरपालिकाका १
सय १७ बाल क्लबको ऐक्यबद्धता नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस
सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

nawalparasi sunwal 1

बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बाल क्लबहरुले
धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्री पनि बनाउने बताएका हुन्

१ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा
जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले जानकारी दिएकी
छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै उनले सुनवललाई
वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन्

sunwal
1

सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका
बनेको सम्झना गर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बाल क्लबमा
संलग्न भएकी विपनालाई केहि समय अघि एशियाली महिला मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो ।
देशकै
पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बाल क्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु
उत्साहि भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् ।

sunwal

सुनवलका बाल क्लबहरुको जस्तै अठोट सामाजीक संघसंस्था गर्ने हो भने सफा नेपाल बनाउन सम्भव
रहेको उनीहरुको भनाई छ । पछिल्लो समय धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाउँदै सरसफाई गर्ने
संघसंस्थाहरु बढ्दै गएका छन् । हेटौँडा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, महोत्तरी लगायतका
जिल्लाहरुमा धुर्मुस सुन्तली क्लब नै गठन भएका छन् ।

वडा,
गाविस, जिल्ला, क्षेत्र र केन्द्रिमा रहेका संघ संस्थाहरुलाई पनि सरसफाई अभियानमा जुट्न उनीहरुले आव्हान
गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ