२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बिभिन्न गाबिसहरुद्धारा साक्षर गाबिस घोषणा गर्ने अभियानलाई तिब्रता दिइदै

२१ माघ २०७३, शुक्रबार ०७:४२

माघ २१, डडेल्धुरा । डडेल्धुराको बगरकोट गाविसलाई शुक्रबार जिल्लाकै १२औँ साक्षर गाविस घोषणा गरीएको छ । गाविस भित्र रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९८ प्रतिशत नागरिक साक्षर भएको हुँदा गाविसलाई साक्षर गाविस घोषणा गरिएको बगरकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष ओम प्रकाश साउँदले जानकारी दिनु भएको छ । बगरकोट गाविसलाई बगरकोट गाविस, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति डडेल्धुरा र जिल्ला अनौपचारिक शिक्षा समितिको संयुक्त सहयोग तथा बगरकोट सामुदायिक सिकाई केन्द्रको आयोजनामा साक्षर गाविस घोषणा भएका हो ।

यसैबीच चिपुर गाविसलाई शनिवार जिल्लाकै १३औँ साक्षर गाविस घोषणा गरिने भएको छ । चिपुर गाविसलाई चिपुर गाविस, जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला विकास समिति डडेल्धुरा, जिल्ला अनौपचारिक शिक्षा समितिको संयुक्त सहयोग तथा चिपुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा पुर्ण साक्षर गाविस घोषणा गरिन लागिएको हो । गाविस भित्र रहेका १५ देखि ६० बर्ष उमेर समुहका शत प्रतिशत नागरिक साक्षर भएकोले गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरिन लागेको चिपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भुवन बोहराले बताउनु भएको छ । २ नगरपालिका र १८ गाविस रहेको डडेल्धुरामा अहिलेसम्म ११ गाविसहरु पूर्ण साक्षर गाविस घोषणा भइसकेको र अब ६ गाविस पूर्ण साक्षर हुन बाकिँ रहेको जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो