2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बिभिन्न गाबिसहरुद्धारा साक्षर गाबिस घोषणा गर्ने अभियानलाई तिब्रता दिइदै

माघ २१, डडेल्धुरा । डडेल्धुराको बगरकोट गाविसलाई शुक्रबार जिल्लाकै १२औँ साक्षर गाविस घोषणा गरीएको छ । गाविस भित्र रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९८ प्रतिशत नागरिक साक्षर भएको हुँदा गाविसलाई साक्षर गाविस घोषणा गरिएको बगरकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष ओम प्रकाश साउँदले जानकारी दिनु भएको छ । बगरकोट गाविसलाई बगरकोट गाविस, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति डडेल्धुरा र जिल्ला अनौपचारिक शिक्षा समितिको संयुक्त सहयोग तथा बगरकोट सामुदायिक सिकाई केन्द्रको आयोजनामा साक्षर गाविस घोषणा भएका हो ।

यसैबीच चिपुर गाविसलाई शनिवार जिल्लाकै १३औँ साक्षर गाविस घोषणा गरिने भएको छ । चिपुर गाविसलाई चिपुर गाविस, जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला विकास समिति डडेल्धुरा, जिल्ला अनौपचारिक शिक्षा समितिको संयुक्त सहयोग तथा चिपुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा पुर्ण साक्षर गाविस घोषणा गरिन लागिएको हो । गाविस भित्र रहेका १५ देखि ६० बर्ष उमेर समुहका शत प्रतिशत नागरिक साक्षर भएकोले गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरिन लागेको चिपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भुवन बोहराले बताउनु भएको छ । २ नगरपालिका र १८ गाविस रहेको डडेल्धुरामा अहिलेसम्म ११ गाविसहरु पूर्ण साक्षर गाविस घोषणा भइसकेको र अब ६ गाविस पूर्ण साक्षर हुन बाकिँ रहेको जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो