माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 
"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हिमाली काख लाङटाङमा बसोबास गर्न सहज

२१ माघ २०७३, शुक्रबार ०७:४७

माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 

लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ । 

विसं २०७२ को भूकम्पले लाङटाङ भित्रको लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ । 

लाङटाङमा दुईसय र क्याङजेनमा तीनसय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सृजना भइसकेको अध्यक्ष लामाले बताउनुभयो । 

समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटक बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एकसय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भई सिम्रिक एअरको हेलिकप्टरबाट सामान ढुवानी भइसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य