माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 
"/>
2026-07-11 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हिमाली काख लाङटाङमा बसोबास गर्न सहज

2017-02-03

माघ २१, रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । 

लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ । 

विसं २०७२ को भूकम्पले लाङटाङ भित्रको लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ । 

लाङटाङमा दुईसय र क्याङजेनमा तीनसय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सृजना भइसकेको अध्यक्ष लामाले बताउनुभयो । 

समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटक बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एकसय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भई सिम्रिक एअरको हेलिकप्टरबाट सामान ढुवानी भइसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ