१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

२१ माघ २०७३, शुक्रबार ०७:५१

माघ २१, कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएपछि त्रिपालमा राख्ने व्यवस्था मिलाइएको छ । 

कारागारको क्षमता ९५ जना भएपनि २६० जना कैदीबन्दीलाई राखिएको छ । अहिदे कारागारमा २४८ पुरुष, १२ जना महिला कैदीबन्दी र दुई नाबालक रहेका छन् । 

कारागारमा पुरुष कैदी ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता रहेको छ । ‘‘क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर राख्ने व्यवस्था गरेका छौंँ’’ जेलर श्यामराज भट्टले बताउनुभयो । उहाँका अनुसार अन्य कैदीबन्दीलाई ग्यालरी, टहरामा राखिएको छ । 

क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी शौचालय र खानेपानीका धाराको व्यवस्था रहेकाले बढी कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

कारागार भवन धेरै पुरानो भएको र मर्मतसम्भार नहँुदा भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ । विसं २०२३ मा निर्माण भएको यस कारागारको पर्खालमा लगाइएका इँट्टासमेत खिइएर झर्न थालेका छन् । 

सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताउनुभयो । शौचालय निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरिएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड