2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनीमा बिपी स्मृति भवन निर्माण गरियो

माघ २१, म्याग्दी । म्याग्दीको बेनीमा बिपी स्मृति भवन निर्माण गरिएको छ । 

जिल्लास्थित नेपाली काँग्रेसले सदरमुकाम बेनीमा कार्यालयका लागि रु ८० लाख ५८ हजार ४२५ को लागतमा सो भवन निर्माण गरेको हो । 

बेनीको सङ्गमचोकमा रु ५१ लाख मा खरिद गरेको तीन आना एक पैसा दुई दाम क्षेत्रफलमा रु २९ लाख ५८ हजार ४२५ को लागतमा दुई तले पाँच कोठे भवन निर्माण गरेको पार्टीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिनुभयो । 

पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकबाट आर्थिक स्रोत जुटाएर जग्गा खरिद र भवन निर्माण गरेको उहाँले बताउनुभयो । भवनमा सभापति, पदाधिकारी र भ्रातृ सङ्गठनका छुट्टाछुट्टै कार्यकक्ष छ । 

यसअघि बाल मन्दिरचोकमा रहेको सो पार्टीको कार्यालय बुधबारदेखि नयाँ भवनमा सारिएको छ । पार्टीको आफ्नै भवन भएपछि कार्यालय सञ्चालन, बैठक, प्रशिक्षण, कार्यकर्ता भेलालगायतका कार्यक्रम आयोजना गर्न सहज भएको पार्टी सभापति खम्बिर गर्बुजाले बताउनुभयो । 

भवनको छतमा ट्रस राखेर सभाहल बनाउने योजना छ । तत्कालीन सभापति स्व सुशील कोइरालाले शिलन्यास गर्नुभएको भवन वर्तमान सभापति शेरबहादुर देउवाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली पार्टीका सदस्य माधवप्रसाद रेग्मीले बताउनुभयो । 

म्याग्दीमा क्रियाशील राजनिनितिक दलमध्ये नेपाली काँग्रेस र एमालेको मात्र आफ्नै भवन छ । यसअघि नेकपा (एमाले)ले कार्यालय प्रयोजनका लागि बेनीको हाँडेभिरमा पुष्पलाल स्मृति भवन निर्माण गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई