कविता उपाध्याय/माघ २१, रोल्पा । आज एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ २१, रोल्पा । आज एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकाम"/>

2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो


कविता उपाध्याय/माघ २१, रोल्पा । आज एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकामको मुटु मानिएको टुँडिखेलमा थुपारिएका सुन्तलाका बोक्रासहितको सम्पूर्ण फोहर व्यवस्थापन गरिएको छ । 

यत्रतत्र छरिएका निर्माण सामग्री व्यवस्थित भएका छन् भने टुँडिखेलमा पार्किङ गरिएका यातायातका साधन पनि हटाइएको छ । घन्टौँ हिँडेर डोकोमा सुन्तला बेच्नकै लागि सदरमुकाम आएका टोलीलाई लाइन लगाएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ भने सुन्तलाका बोक्रा व्यवस्थितरुपले जम्मा गर्नका लागि डस्टबिनको व्यवस्था गरिएको छ । 

प्रजिअ डा भट्टराईले रबरका पञ्जा लगाएका हातले झाडु समाएर टुँडिखेल बडार्न थालेपछि स्थानीय विकास अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगर, लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसी, जिल्ला विकास समितिका स्रोत व्यक्ति दामोदरप्रसाद सुवेदीसहित प्रहरीको ठूलो समूहले उहाँलाई साथ दिएको थियो । 

प्रहरी नायब उपरीक्षक घर्तीमगर भने हात हालेर नाला सफा गर्ने अभियानमा व्यस्त देखिनुहुन्थ्यो । यसरी टुँडिखेल वरपरको सरसफाइ अभियान सकिएलगत्तै प्रजिअ डा भट्टराईले भन्नुभयो – “यदि हामी स्वच्छ र स्वस्थ्य समाजमा बस्न चाहन्छौँ भने हामीले हाम्रो फोहर व्यवस्थापन आफँै गरौँ । आफ्नो घर वरपरको फोहर व्यवस्थापनका लागि अरुको मुख नताकौँ । हाम्रो अभियान सफा रोल्पाको अभियान हो । आउनुस् यो अभियानमा तपार्इं हामी सबैसँगै हातेमालो गरेर अघि बढौँ ।” 

स्थानीय विकास अधिकारी सुशील वैद्यले जिल्लाको सरसफाइ अभियानमा कर्मचारी र प्रहरीको सक्रियताले मात्र पूर्णता पाउन नसक्ने हुँदा स्थानीयवासी पनि जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरवासीलाई भन्नुभयो – “आउनुस् जिल्लाको सरसफाइ अभियानमा सँगै हातेमालो गरेर अघि बढौँ त्यसका लागि जिविसले जस्तोसुकै समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ ।” 

यस्तै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पनि गाउँ, टोल र समाजलाई सुन्दर अनि सफा बनाउने दायित्व सबैको हो भन्नका लागि प्रहरीले जनचेतना फैलाउँदै आएको हो, यसमा स्थानीयवासीले पनि साथ दिनुपर्छ, कर्मचारी त आज आउँछ भोलि जान्छ तर नगरवासी स्थायी रुपमा नगरमै बस्ने भएको हँुदा सरसफाइमा सबैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिनुभयो 

कर्मचारी र प्रहरीले थालेको सरसफाइ अभियानमा स्थानीयवासीको उपस्थिति नभए पनि बयोवृद्ध दुर्गाप्रसाद आचार्य भने उपस्थित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई