सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

घरदैलोमै जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र शिबिर

२१ माघ २०७३, शुक्रबार १५:५२

सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले गाउमै पुगेर  परिचयपत्र प्रदान गरेका हुन।

गाँउ विकास समितीको कार्यालय वाङ्गेमरोठ प्युठानको आयोजनामा  शिबिर संचालन गरिएको हो । माघ २० गतेवाट सुरु भएको सिविरमा गाबिस भित्रका  जेष्ठ नागरिक र अंपागता परिचय पत्र वितरण गरिएको थियो । जस्मा  झन्डै चार सय जनालाइ जेष्ठ नागरिक परिचयपत्र बनाइ  बितरण  गरिएको थियो। १ सय ९९ महिला र पुरुष १ सय ८४  गरि जम्मा ३ सय ८३  जनालाई जेष्ठ नागरिक परिचयपत्र  वितरण गरिएको  महिला तथा बालबालिका कार्यालयले बताएको छ । त्यस्तै शिविरमा  विभिन्न कारणले  अपाङ्गता भएका ४६ जनालाइ   अंपागता परिचयपत्र समेत बितरण गरिएको छ।प्राप्त जानकारी अनुसार   क वर्गमा ३, ख वर्गमा १९, ग वर्गमा २२, घ वर्गमा २ गरि जम्मा ४६ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको  छ । 

घरदैलोवाट नै सेवा पाएपछि वाङ्गेमरोटका ७५ वर्षिय हुकुम बहादुर के.सी ले खुसी ब्याक्त गरे।  "सदरमुकाम जानुपर्दा समयको पनि बर्बादी हुन्थ्यो,दुख पनि पाइन्थ्यो।" उनले भने,"सदरमुकाम पुगेर लिनुपर्ने सेवा गाउँ मै पाउँदा खर्चबाट समेत जोगिएको उनले बताए।

२ दिन सम्म चलेको सिविरमा वाङ्गेमरोटका गाविस सचिव निम प्रसाद भण्डारी, महिला तथा बालवालिका कार्यालय प्युठानका निमिक्त महिला विकास अधिकृत माया श्रेष्ठ, राष्टिय अंपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, महिला विकास निरिक्षक शौभाग्य शाही, राष्टिय अंपाग सेवा संघ प्युठानका कोषाध्यक्ष उजेली वि.क, वाङ्गेमरोट गाविस प्राविधिक प्रकाश जि.सी, राजनितिक दल  लगाएतको उपस्थिति रहेको थियो। जनताले पाउने सेवा सुविधाबाट वञ्चित हुन नपरोस भन्ने उध्यश्यले शिविर संचालन गरिएको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता