Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुर्तिबाङ तमान रुटमा बस सेवा सुरु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण कँडेल/माघ २२, बागलुङ । बुर्तिबाङ यातायात व्यवासायी समितिले सोमबारदेखि बुर्तिबाङ बजार देखि खुङ्गा हुँदै तमान सम्म बस सेवा सुरु गरेको छ ।

अब देखि दैनिक बुर्तिबाङबाट दिउसो ३ बजे तमानका लागि र तमानबाट विहान ७ बजे बुर्तिबाङका लागि नियमित एउटा वस छुट्ने बुर्तिबाङ यातायात व्यवसायी समितिका महासचिव नरहरि भुषालले जानकारी दिनुभयो ।

बुर्तिबाङदेखि खुङ्गा देउराली सम्मको भाडादर १ सय ८० रुपैयाँ कायम गरिएको र  तमानसम्मको दुरी यकिन गरेर भाडादर कायम गरिने समितिले जनाएको छ ।

कच्चि सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडादर रहेकोमा छोटो दुरी भएका कारण २० प्रतिशत बढाएर प्रतिकिलोमिटर १० रुपैयाँ हुने गरि भाडा कायम गरिएको महासचिव भुषालले जानकारी दिनुभयो ।

यस अघि ग्रामिण रुटमा बुर्तिबाङदेखि रुकुम, निसी, चामिद्वार, बोबाङ र बोङ्गादोभानका लागि नियमित बस सञ्चालन गरिएकोमा यात्रुको मागलाई ध्यानमा राखेर तमानको लागि सेवा सुरु गरिएको समितिले जनाएको छ ।

समितिले लामो दुरीमा बुर्तिबाङदेखि गलकोट, बागलुङ पोखारा हुँदै काठमाण्डौ सम्म नियमित बस र बागलुङ तथा पोखरासम्म जीप सेवा दिँदै आएको छ ।

बुर्तिबाङ यातायात व्यवासायी समितिले अहिले विभिन्न रुटमा २१ ओटा बस र १५ ओटा जीप गरि ३६ सवारी साधन सञ्चालन गरेको छ ।  निकट भविष्यमा बुर्तिबाङ बुटवल रुटमा पनि सवारी सञ्चालन गर्ने योजना रहेको महासचिव भुषालले जानकारी दिनुभएको छ ।