रोल्पाली माओबादी नेतालाई राजनीतिभन्दा कृषि प्यारो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

उमा केसी/माघ २२, रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए ।

त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

तत्कालीन युद्धका बेला छापामार भएका उनि नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्छन । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आउनुभएका उनले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्ने पेसा अगालेका हुन । उनले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना  गरेका थिए । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहेका छन् । उनले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गरेका हुन् ।

सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आएका उनको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् ।

आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्छन, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पु¥याउनै सकिएको छैन ।”

उनले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु  गरेका हुन् । उनको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उनि अहिले नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका सदस्य समेत हुन् ।

कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उनि भन्छन- “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारो लाग्छ ।” रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् ।

जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउछन । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलैचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउछन । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply