२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको तराई क्षेत्रमा आज मनाईँदै होली

२०७२, १० चैत्र बुधबार ०२:०५
nawalaparasiचैत १०, नवलपरासी ।  प्रत्येक वर्षको फागुन
शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी क्षेत्रमा मंगलबार भव्यताका साथ मनाइएको छ ।
नवलपरासीका १७ पहाडि गाविसहरुमा पनी मंगलबार हर्षोल्लासका साथ होली पर्व मनाईएको छ ।
तराईमा आज धुमधामका साथ
मनाइदै छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन
बनाएर होली पर्व मनाइन्छ ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति
भएको संस्कृतिविद हरिराम जोशी बताउनुहुन्छ ।होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ ।
राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो
। स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् ।
होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी
बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि
सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै,
बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ
सत्ययुगमा
भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि
हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा
भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व
मनाइने गरिएको हो ।
होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक
मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा
रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
ोलीको अवसर पारेर रेडियो सामथ्र्य ९२.१
म्ोघाहर्जले भोली होली उत्सव ताथ घैटो फुटाई एवम् शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
रेडियो प्राङगणमा विहान १० बजेबाट कार्यक्रम शुरु हुनेछ ।
कार्यक्रममा सहभागि भई होली पर्वलाई रेडियो सामथ्र्यसंग हर्षउल्लासका साथ मनाउन रेडियो
सामथ्र्यका प्रबन्ध निर्देशक सागर पाख्रेल सबैमा आग्रह गर्नुभएको छ ।
यता होलीको वेला हुन सक्ने सम्भाव्य घटना
दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा वयस्था कडा पारिएको जिल्ला प्ररी कार्यालय नवलपरासीले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला