2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी गैडाकोट नगरबासीको प्रश्न- लक्षीत बर्गको बजेट किन खर्च हुँदैन ?

चैत १२, नवलपरासी । नवलपरासीको गैडाकोट नगरपालीकाका
स्थानीयले नगरपालीकामा आउने अधिकांस लक्षीत बर्गको बजेट समयमै खर्च हुन नसक्नुमा प्रश्न उठाएका छन् ।
बिहिबार नगरपालीको आयोजना तथा बागेश्वरी अशल सासन क्लव बास नवलपरासीको सहजीकरणमा भएको आर्थीक बर्ष
२०७२/०७३ को दोस्रो चौमासीक सार्वजनीक सुनुवाईमा सहभागी स्थानीयले नगरपालीकामा आउने बजेट वितरणमा चित्त
नबुझेको थिए ।

gaidakot nawalparasi 2
कार्यक्रममा सहभागीले स्थानीय स्तरमा हुने
विकास निमार्णका काममा राजनैतीक दलका पहुँचवालाले मात्रै अवसर पाउने गरेको स्थानीयले गुनासो गरे ।
उनीहरुले अधिकांस क्षेत्रमा राजनैतीक दलको भागबण्डा र उनीहरुकै हानालुछीका कारण योजनाहरु अलपत्र पर्ने
गरेको गुनासो गरे ।

कार्यक्रममा सर्वसाधारणले नगरपालिका भित्र
फोहर व्यवस्थापन र समान रुपमा बजेट विनियोजन हुन नसकेको गुनासो गरे । नगरपालिका भित्रका योजनाहरु विचमा
रोकिएको लक्षित वर्गका लागि छुटइएको बजेट खर्चहुन नसकेको, विगतमा निरन्तर हुदै आएका कामहरु नगरपालिका
घोषणा पछि हुन नसकेको लगाएतका गुनासो गरेका छन् । सहभागिहरुले नगरपालिका भित्र रहेका सडक वालवालिका,
महिला तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका छन्

gaidakot nawalparasi 2
कार्यक्रममा स्थानीय हिरालाल सापकोटा,
गोविन्दराज कोईराला, गोपि कण्डेल, नरेश काफ्ले, देवकला बराल, सोमनाथ पौडेल, दाताराम पाण्डे, राधा
पाण्डे, नरहरी कण्डेल, शान्ती कोईराला, राजकुमार चौधरी, आनन्द रिजाल लगायतले गुनासो राख्दै नगरपालीकाको
कार्यालय गैडाकोट ८ मा राखिएको प्रती समेत असन्तुष्टी जनाएका थिए ।

नगरवासिको गुनासोको जवाफ दिदै नगरपालिकाका कार्यकारी अधिकृत बद्रिप्रसाद तिवारीले नगरवासिको
समस्या सामाधानका लागि नगरपालिका कटिवद्ध रहेको बताउनु भयो । तिवारीले कतिपय योजना र बजेट कार्यान्वयनका
लागि स्थानिय संगको समन्वय अभावले सम्पन्न हुन नसकेको बताउनु भयो ।

फोहोर व्यवस्थापनका लागी नगरवासी पनि सचेत हुनुपर्नेमा तिवारीको जोड थियो । समयमा सम्बन्धीत
निकायबाट प्रश्तावना हरु पेश नहुनाले पनी कुनै बजेट समयमा खर्च हुन नसकेको बताउनुभयो ।

gaidakot nawalparasi 2
कार्यक्रममा बागेश्वरी असल शासन केन्द्रिय
अध्यक्ष मन भण्डारी, स्थानिय राजनैतिक दल नेपाली काँगैसका नगरसभापती तारापती खरेल, एमाले नगर अध्यक्ष
षडानन्द लामीछाने, एमाओबादी नगर ईन्चार्ज दुर्गाद्धत्त ढुंगाना, राप्रपा नेपालका अध्यक्ष वेदप्रसाद
सापकोटा, राप्रपा अध्यक्ष बुद्धी सापकोटा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्णप्रसाद सापकोटा नेकपा
माओबादी का अध्यक्ष नन्दराम सापकोटाले राजनैतीक दलको तर्फबाट सहभागीका प्रश्नको जवाफ दिनुभएको थियो

कार्यक्रममा विभिन्न सरोकारवाल संघ संस्थाका प्रमुख तथा
प्रतिनिधी, विभिन्न संघ सस्थाका प्रतिनीधि लगाएतको सहभागिता थियो । सर्वजनिक सुनुवाई पछि नगरपालिकाको
कामलाई चुस्त दुरुस्त बनाउन र नगरपालिकाका सवै क्षेत्रमा पु¥याउन सवै सारोकारवाला निकाय, राजनैतिक दल र
नागरिक समाज संग समन्वय गरि अगाडि बढ्ने लगाएतका ५ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो

बास नवलपरासीका सचिव बेदप्रसाद काफ्लेको स्वागत मन्तव्यबाट
सुरु भएको कार्यक्रममा बास जिल्ला अध्यक्ष यदुनाथ सिग्देलले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारद्धय लक्ष्मी पौडेल र राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई