२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चीपुर साक्षर घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या तेह्र पुग्यो

२२ माघ २०७३, शनिबार १२:२५

माघ २२, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १३ पुगेको छ शनिबार जिल्लाको चिपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १३ पुगेको हो । 

‘डडेल्धुरा जिल्लाको तेह्रौ साक्षर गाविस चीपुरको शान, साक्षर चिपुर गाबिसबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । 

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये चिपुर गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या एक हजार ९ सय २२ जना मध्ये एक हजार ८ सय ७४ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको चिपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भुवन बोहराले जानकारी दिनु भएको छ । 

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र चिपुरको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा अधिकारी खत्रीले अहिलेको युगमा संख्यात्मक हिसाबमा साक्षरता घोषणा नगरि गुणात्मक शिक्षा र सिपको बिकास गर्नुपर्नेमा जोड दिनु भएको छ । 

डडेल्धुरा जिल्लाको शिक्षाको बिकासका लागि आफु सदैव लागि परेको समेत स्पष्ट पार्नुभएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो ।

गाबिस भवनको प्राङ्गणमा सम्पन्न घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि शुक्रबार मात्रै बगरकोट गाबिसलाई जिल्लाको बाह्रौँ साक्षर गाबिस घोषणा गरिएको थियो । अब डडेल्धुरा जिल्लाका ५ वटा गाबिसहरु साक्षर गाबिस घोषणा हुन बाकिँ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो