२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

२०७३, २२ माघ शनिबार १३:४८

माघ २२, भीमदत्तनगर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ ।

दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।

आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ गते बेलुकी ५ बजेबाट फागुन ३ गतेसम्म गड्डाचौकी नाकामा नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताए ।

निर्वाचनका समयमा सो नाका भएर नेपाल–भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवतजावत गर्न दिने सहमतिसमेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सीमावर्ती भारतीय सहर बनबासामा बसेको बैठकमा अत्यावश्यक सवारीसाधनलाई सुचारु भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताए ।

बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक इन्द्रराज कार्की तथा भारतको चम्पावत जिल्लाका डिएम, प्रहरी तथा एसएसबी प्रमुखहरूको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे