प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकारको कलम र ढाँड ‘भाँच्ने’ धम्की

२०७३, २२ माघ शनिबार १५:३९

प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार लेखेको प्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो धम्की दिएका हुन् । 

पछिल्लो एक सातादेखी संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फँडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् । जसमा डिसिको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित/प्रशारित भएका छन् । जसको बिरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् । उनले फेसबुकमा आफु निर्दोश रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन् । ‘तिमिहरु जे सक्छौ गर, तर दोषिलाई निर्दोष र निर्दोलाई दोषि प्रमाणित गर्ने कोसिस नगर । नत्र कलम भाँचिन सक्छ, ढाँड खुस्क्याईन सक्छ ।’ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिब्यक्ति हुन् । 

उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ ।उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाश बिक्रम शाहले धम्कीले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अहिलेको समयमा पत्रकारको कमल र ढाँड भाँच्छु भन्ने अभिब्यक्तीले पत्रकारिता आतंकित हुने भन्दा पनि झन शसक्त भएर अघि बढ्ने प्रतिक्रिया दिए । साथै डिसिको फेसवुकको स्टाटसको सवैतिरवाट विरोध आइरहेको छ ।

तश्विरमा: धम्कि दिने सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी