मौलिक संस्कार संरक्षणका लागि बुर्तिबाङका ब्रह्माण क्षत्री संगठित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कृष्ण कँडेल/माघ २३, बागलुङ । मौलिक संस्कारको संरक्षण गर्दै सामुहिक भावना विकास गरि एक अर्कालाई सहयोग पु¥याउने उदेश्यले ब्राह्मण क्षत्री प्रतिष्ठान बुर्तिबाङ गठन गरिएको छ ।

शनिबार बुर्तिबाङमा भएको ब्राह्मण क्षत्रीहरुको भेलाले सालिकराम शर्माको अध्यक्षतामा ११ सदस्यीय ब्राह्मण क्षत्री प्रतिष्ठ बुर्तिबाङ गठन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी खड्का बानियाँ, सचिव नरहरी भुषाल, सहसचिव सरण पाण्डे र कोषाध्यक्ष घनश्याम शर्मा रहनुभएको छ । सदस्यमा हिरालाल पौडेल, ज्ञानप्रसाद कँडेल, कृष्णबहादुर भण्डारी, ईन्द्रबहादुर मल्ल, नन्दराम भुषाल र टंक पौडेल रहनुभएको छ ।

तुल्सीराम अर्यालको संयोजकत्वमा गठन गरिएको ७ सदस्यीय सल्लाहकार समितिमा लोकबहादर कुँवर, धनबहादुर कुँवर, चन्द्र अर्याल, निमबहादुर घर्ती, मेषलाल शर्मा र हरिबहादुर कुँवर सदस्य रहनुभएको छ ।

प्रतिष्ठानको विधान तयार गरेर जिल्ला प्रसासन कार्यलयमा दर्ता गरि संस्थागत रुपमा आफ्नो कार्यसम्पादन गर्ने निर्णय भएको सचिव नरहरी भुषालले जानकरी दिनुभयो ।

प्रतिष्ठानलाई संस्थागत गर्न आफ्नो जग्गा व्यवस्थापन गरि भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।

मानिसको जन्म, विवाह, ब्रतबन्ध, काजक्रिया लगायतका संस्कारमा एकरुपता ल्याउने, सामुहिक भावनाको विकास गर्ने, मौलिक संस्कारको संरक्षण गर्ने र एक अर्कालाई सहयोग गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष सालिकराम शर्माले जानकारी दिनुभएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply