पढ्न करिब 1 मिनेट लाग्छ

माघ २३, काठमाडौँ । मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन यहाँ सम्पन्न भएको छ ।

अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्जना गरेको नाफामुखी अर्थतन्त्रलाई अन्त्य गरी न्याय र समतामूलक समाजवादको स्थापनाका लागि जनस्तरबाट साझा पहल गर्ने घोषणा पनि गरिएको छ ।

यस क्षेत्रका प्रगतिशील र समाजवादी आन्दोलनमा आवद्ध किसान सङ्गठन, श्रमिक सङ्गठन, युवा र महिला किसान सहभागी सम्मेलनमा स्थानीय उत्पादनको उपयोग बढाउन, स्रोत र साधन तथा उत्पादानका साधनमा समान वितरणको प्रणाली लागू गर्न पनि जोड दिएको छ ।