2026-06-30 05:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ४१ एसएलसी परीक्षा केन्द्र निर्धारण, कहाँ कहाँ छन् परिक्षा केन्द्र ? (लिस्ट सहित)

चैत १७, नवलपरासी । नवलपरासी जिल्लामा यस बर्ष ४१ वटा एसएलसी परिक्षा
निर्धारण गरीएको छ । गत बर्ष ४० वटा परिक्षा केन्द्र भएकोमा यसबर्ष जिल्लाको कुश्मा गाविसमा रहेको
सिद्धार्थ माविमा एउटा परीक्षा केन्द्र थप गरेर ४१ परिक्षाकेन्द्र निर्धारण गरीएको जिल्ला शिक्षा
कार्यालय नवलपरासीका परीक्षा शाखाका प्रमुख एवम् सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले बताए

भोली अर्थात चैत १८ गतेबाट सुरु हुने एसएलसी परिक्षाका लागी
परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा प्रश्न पत्र र उत्तर पुस्तिका पठाउने काम पनि सकिएको छ

SLC nawalparasi - exam center
दाउन्ने पारी परासी क्षेत्रमा १८
वटा र दाउन्नेवारी नवलपुर क्षेत्रमा २३ वटा गरी ४१ वटा परीक्षा केन्द्रं निर्धारण गरिएको अर्यालले
जानकारी दिए । नवलपरासीको पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि बुलिंगटारमा २ वटा
परीक्षाकेन्द्र तोकिएको छ ।

नवलपरासीबाट यस वर्ष ११ हजार २ सय ७३
जना नियमित र १८ सय ३८ जना एक्जामटेड गरि १३ हजार १ सय ११ जना परीक्षार्थी परीक्षामा सामेल हुन आवेदन
दिएका छन् ।

नवलपरासीमा
एसएलसी परिक्षाकेन्द्र कहाँ कहाँ तोकियो त ? तलको लिस्टमा हेर्नसक्नुहुनेछ ।

– पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि
– गैडाकोटमा
जनक उच्च मावि र कालिका उच्च मा वि
– अमरापुरीको लक्ष्मी उच्च मावि, रजहरको देवचुली उच्च मावि र बरचुली
मावि

– प्रगतिनगरको जनज्याति उच्च मावि र जनज्योति नमुना मावि

कावासातीको ज्ञानोदय मावि, शिव उच्च मावि, जीवन ज्योति उमावि, सहिद स्मृति मावि
– डण्डाको जनता उच्च
मावि डण्डा र जनता उच्च मावि त्रिभुवनटार
– गोछडाको सरस्वती उच्च मावि, कोल्हुवाको कुमारवर्ती उच्च
मावि
– चोरमाराको नवजागरण उच्च मावि र नवलपुर इ. बोडिंग स्कुल
– अरुणखोलाको जनता उच्च मावि र जनता
मावि दुम्किबासको भानोदय उच्च मा.वि.

परासी क्षेत्रमा दाउन्ने
देवी उच्च मावि बर्दघाट, कुमुदिनी बोडिं स्कूल बर्दघाट,  दिव्यज्याती उमावि बर्दघाट, राजमाहात्मा उच्च
मावि पञ्चनगर, जगन्नाथ उच्च मावि भूमही, भगवती मावि बनकट्टी , सोमनाथ बाबा उमावि सुनवल

त्यस्तै प्रगति मावि स्वाठी, आदर्श उमावि परासी, पवन उमावि परासी, सयपत्री इं
बोडिंग स्कूल परासी, लिटिल इन्जल्स उमावि परासी, जनता उच्च मावि मनरी, आदर्श उमावि सेमरी, आदर्श इं
बोडिंग स्कूल सेमरी, त्रिभुवन उमावि बेलाटारी र  नारायणी गण्डकी उमावि त्रिवेणी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ