३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ४१ एसएलसी परीक्षा केन्द्र निर्धारण, कहाँ कहाँ छन् परिक्षा केन्द्र ? (लिस्ट सहित)

१७ चैत्र २०७२, बुधबार ०७:५३

चैत १७, नवलपरासी । नवलपरासी जिल्लामा यस बर्ष ४१ वटा एसएलसी परिक्षा
निर्धारण गरीएको छ । गत बर्ष ४० वटा परिक्षा केन्द्र भएकोमा यसबर्ष जिल्लाको कुश्मा गाविसमा रहेको
सिद्धार्थ माविमा एउटा परीक्षा केन्द्र थप गरेर ४१ परिक्षाकेन्द्र निर्धारण गरीएको जिल्ला शिक्षा
कार्यालय नवलपरासीका परीक्षा शाखाका प्रमुख एवम् सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले बताए

भोली अर्थात चैत १८ गतेबाट सुरु हुने एसएलसी परिक्षाका लागी
परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा प्रश्न पत्र र उत्तर पुस्तिका पठाउने काम पनि सकिएको छ

SLC nawalparasi - exam center
दाउन्ने पारी परासी क्षेत्रमा १८
वटा र दाउन्नेवारी नवलपुर क्षेत्रमा २३ वटा गरी ४१ वटा परीक्षा केन्द्रं निर्धारण गरिएको अर्यालले
जानकारी दिए । नवलपरासीको पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि बुलिंगटारमा २ वटा
परीक्षाकेन्द्र तोकिएको छ ।

नवलपरासीबाट यस वर्ष ११ हजार २ सय ७३
जना नियमित र १८ सय ३८ जना एक्जामटेड गरि १३ हजार १ सय ११ जना परीक्षार्थी परीक्षामा सामेल हुन आवेदन
दिएका छन् ।

नवलपरासीमा
एसएलसी परिक्षाकेन्द्र कहाँ कहाँ तोकियो त ? तलको लिस्टमा हेर्नसक्नुहुनेछ ।

– पहाडि क्षेत्रमा डेढगाउं र बुलिंगटार त्रिभुवन उच्च मावि
– गैडाकोटमा
जनक उच्च मावि र कालिका उच्च मा वि
– अमरापुरीको लक्ष्मी उच्च मावि, रजहरको देवचुली उच्च मावि र बरचुली
मावि

– प्रगतिनगरको जनज्याति उच्च मावि र जनज्योति नमुना मावि

कावासातीको ज्ञानोदय मावि, शिव उच्च मावि, जीवन ज्योति उमावि, सहिद स्मृति मावि
– डण्डाको जनता उच्च
मावि डण्डा र जनता उच्च मावि त्रिभुवनटार
– गोछडाको सरस्वती उच्च मावि, कोल्हुवाको कुमारवर्ती उच्च
मावि
– चोरमाराको नवजागरण उच्च मावि र नवलपुर इ. बोडिंग स्कुल
– अरुणखोलाको जनता उच्च मावि र जनता
मावि दुम्किबासको भानोदय उच्च मा.वि.

परासी क्षेत्रमा दाउन्ने
देवी उच्च मावि बर्दघाट, कुमुदिनी बोडिं स्कूल बर्दघाट,  दिव्यज्याती उमावि बर्दघाट, राजमाहात्मा उच्च
मावि पञ्चनगर, जगन्नाथ उच्च मावि भूमही, भगवती मावि बनकट्टी , सोमनाथ बाबा उमावि सुनवल

त्यस्तै प्रगति मावि स्वाठी, आदर्श उमावि परासी, पवन उमावि परासी, सयपत्री इं
बोडिंग स्कूल परासी, लिटिल इन्जल्स उमावि परासी, जनता उच्च मावि मनरी, आदर्श उमावि सेमरी, आदर्श इं
बोडिंग स्कूल सेमरी, त्रिभुवन उमावि बेलाटारी र  नारायणी गण्डकी उमावि त्रिवेणी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली