माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालबाट हराएको नवजात शिशुको उद्दार, शिशु चोर्ने पक्राउ

२३ माघ २०७३, आईतवार १३:०६

माघ २३, पर्सा | नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल बीरगञ्जबाट दुई दिन अघि हराएको नवजात शिशु फेला परेको छ । शिशुलाई पर्साको बेलवा गाविसमा लालसादेवी साहबाट प्रहरीले उद्धार गरेको हो ।

बीरगञ्ज छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसादेवी पाशवानले शुक्रवार बिहान जन्माएको बच्चा अपरान्ह २ बजे नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुतीगृहबाट चोरी भएको थियो । आइतबार भेटिएको शिशु गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेको शिशुलाई अस्पतालले एमआइसियुमा राखेको छ । 

बच्चा फिर्ता आएपछि शिशुका पिता मुकेश पासवान धेरै खुसी भएका छन् ।

वीरगन्ज उप–महानगरपालिका वाड नम्बर २ छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसा देवी पाशवानले शुक्रबार बिहान १०: ४० बजे जन्माएको बच्चा शुक्रबार नै अस्पतालको प्रशूतिगृहबाट एक महिलाले दुई घन्टा नबित्दै बच्चा चोरेर फरार भएकी थिइन् ।

यस्तो छ कारण 

बिहे गरेको ५ वर्ष बितिसक्दा पनि आफ्नो सन्तान नभएपछि लालसादेवीले सन्तानको प्यास मेटाउन कसैको नवजात शिशु चोर्ने विचार गरेको बयान प्रहरी सामू दिएकी छन्। बच्चा चोर्ने तयारी गरीरहेकी उनले शुक्रबार वीरगञ्जबाट बच्चा चोर्न सफल भएको प्रहरीलाई दिएको वयानमा भनेकी छिन्- ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ ।’

अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु शनिबार साँझसम्म फेला पर्न नसक्दा आमा आशादेवीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अभिभावक र गाँउलेहरुले अस्पताल अगाडि सडकमा प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन