सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा क्रियाशील पत्रकारहरुलाई एकदिने अभिमुखिकरण

२४ माघ २०७३, सोमबार ०५:४६


सागर शर्मा/माघ २४, प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम आइतबार  खंलगामा सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना तथा जिल्ला विकास समिति पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण प्युठानको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । 

पुर्ण सरसफाईमा संचार माध्यम तथा  पत्रकारको भुमिका र शशक्तिकरण बारे नेपाल ग्रामिण  खानेपानी तथा सरसफाई परियाजनाका जिल्ला वास सल्लाहाकार प्रमोदलाल श्रेष्ठले जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रम्ख अतिथी प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सरकारी कार्यालय संग समन्वय गरि कार्यक्रम सहजीकरणमा अगाडी वढाउनु पर्ने, कुरा मात्र नभएर काममा पनि क्रियाशिल हुनुपर्ने, गाउ देखि सहर सम्मका कार्यक्रमलाई संरक्षण गर्नुपर्ने, कामलाई सुरु मात्र नगरेर अन्त्य पनि गर्नुपर्ने, सरसफाई भन्ने चिज गाउमा मात्र नभएर सहरमा वढि चुनौती भएकाले यसलाई गहिरो रुपमा हेर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 

कार्यक्रमका विषेश अतिथी स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालले जिल्लामा खानेपानी तथा सरसफाई अभियानमा पत्रकारको अहम भुमिका रहेको बताउनु भएको थियो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष गिरु प्रसाद भण्डारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आथिथ्यता, स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको विशेष आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाको खानेपानी तथा सरसफाईको अवस्था, स्थिती को वारेमा परियोजना का फोकल पर्सन दिनेश केसी, सामाजिक वजारीकरणको परिचय, यस्का चरण, समस्या, समाधान, यस्का अंगको वारेमा पश्चीम नेपाल ग्रामिण खानेपानी ताथ सरसफाई आयोजना पोखराका चन्द्र विष्टले जिल्लाका पत्रकार समक्ष सहजीकरण गर्नुभएको को कार्यक्रमको सञ्चालन पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सचिव महाविर रानाले गर्नुभएको थियो ।

सन् २०१७ सम्ममा सरसफाईको आनीवानीमा पुर्णता प्युठान वासीको प्रतिवद्धता भन्ने मुलनाराका साथ अभिमुखिकरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट