२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बँदेलको अतिक्रमणबाट विस्थापित हुँदै काभ्रेका स्थानीयवासी

२४ माघ २०७३, सोमबार ०६:२४

माघ २४, काभ्रे । बालुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित हुनुहुन्छ । बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । 

परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उहाँ बताउनुहुन्छ । 

ढकाल जस्तै उक्त क्षेत्रका अन्य स्थानीय बासिन्दा पनि बँदेलको कारण पीडित छन् । अर्का स्थानीयवासी दोमबहादुर घोरसाइने बँदेलले दुःख दिन थालेपछि आफ्नो सबै जग्गा बाँझै राख्नुपर्ने अवस्था आएर विगत पाँच वर्षदेखि खेतीपाती गर्न बन्द गर्नुपरेको बताउनुहुन्छ । 

बँदेलले खेती गर्न नदिएपछि गाउँमा भैंसी पाल्न थालेको बताउने उहाँ बँदेलले बाली आउन नदिएपछि पशुपालनमा समेत समस्या भएको दुःखेसो गर्नुहुन्छ ।

उक्त गाविसका स्थानीय एकातिर भूकम्पका कारण पीडित छन् भने अर्कातिर बँदेलको अतिक्रमणका कारण झनै ठूलो समस्यामा छन् । 

भूकम्पका कारण घर भत्किएर बस्ने ठाउँ नभएको र अर्कातिर बँदेलले सम्पूर्ण बालीनाली नष्ट गरिदिएका कारण गाउँबाट वसाइ सर्ने सोचाइ बनाएको बालुवापाटी– ९ का सुब्बा गुरुङ बताउनुहुन्छ । बँदेलले सबै बालीनाली नष्ट गरिदिएपछि ज्याला गरेर परिवार चलाउन बाध्य भएको उहाँलाई बाध्यता भएको छ । 

बालुवापाटी गाविसका नौवटा वडाका स्थानीय बँदेलको अतिक्रमणका कारण ठूलो समस्यामा छन् । बँदेलले दुःख दिन थालेपछि बालुवापाटी गाविसका थुपै्र घरधुरी विस्थापित भइसकेको अवस्था छ । साथै बँदेलकै अतिक्रमणका कारण उक्त गाविसका सयौं रोपनी जमिन बाँझै छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य