पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ । 
2026-09-20 12:55 AM
पर्बत - PBT

जिल्लाको सुरक्षा निकायलाई चुनौती – छ महिनामै चार सावरीमा आगजानी

पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ । साउन महिनामा तीन सवारी सवारी साधनमाथि आगोलागी भएको घटना सेलाइ नसक्दै जिरो किलोमिटरमा पार्किङ गरीराखिएको बसमा आइतबार राती भएको आगोलागीले जिल्लाको सुरक्षा व्यवस्थापनमाथिनै प्रश्न चिन्ह उठाएको छ । 


रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो । बागलुङ(कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन ।


गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले जानकारी दिए ।  उता, स्थानीयबासले भने बस भित्रको वारिङ सट भएर आगो लागेको बताएका छन ।


जिल्ला प्रहरी कार्यालयले बसमा आगोलाागी हुनुको कारणबारे अनुुसन्धान भैराखेको बताएको छ । के कसरी भयो त्यसको अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा सिसि क्योमराको  निगरानी र चोकचोकमा प्रहरी विटबाट सुरक्षा दिइरहेको कुश्मा बजारमा पछिल्लो समय असुरक्षित जस्तै बन्दै गएको छ ।


पाँचौ पर्वत महोत्सवको सुरक्षाका लागि खटिएका प्रहरी जवानबाट भएको बालिकामाथिको अनुचित हर्कतको कुरा सेलाउन नपाउदै जिल्लामा रोकिराखेको बसमाथि आगजानी भएको छ जसले जिल्लाको सुरक्षा क्षेत्रमाथि प्रश्न चिन्ह उठाएको छ ।


सुरक्षाका लागि खटिएको प्रहरी जवान  नागरिकको सुरक्षा दिन खटिएका कि अनुचित हर्कत गर्न भन्ने प्रश्नको उत्तर बाहिर आइनसक्दै जिल्लामा भएको सवारीमाथिको आगजनीले जिल्लाको सुरक्षा व्यवस्था कति चुस्त छ भन्ने प्रस्ट पारेको छ ।


साउन महिनामा  बसपार्कमा पार्किङ गरेर राखिएका तीन सवारी साधनमाथि आगजानी भएको थियो । ग १ ख ,  ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा क्षती पुगेको थियो ।


उक्त गाडीमा दिउँसै आगजानी भएपछि जिल्लामा  सुरक्षा व्यवस्थामा फितलो नागरिकले गुनासो गर्दै आइरहेका थिए । यसैविच आइतबार मध्यरातमा भएको सवारी साधनमाथिको आगजानीले जिल्लाको सुरक्षा व्यवस्थानलाई थप चुनौति थपेको छ ।


६ महिनाको अन्तरालमा जिल्लामा सवारी साधनमाथि आगोलागी, नगरक्षेत्रभित्रै चोरी, खरेहामा युवाको शब फेला पर्नु, शिवालयचोकमानै लागूऔषध प्रयोगकर्ताविच छुरा हानाहान हुनुले पनि जिल्लाको सुरक्षा व्यवस्थापनमाथि प्रश्न चिन्ह उठाएको छ । 


कुश्मा नगरपालिकाको नगरपरिसरको स्थान्ति सुव्यवस्था र          नरबासीको जनधनको सुरक्षाको लागि पहल गर्नुपर्ने भएता पनि त्यसको लागि नगरपालिकाको कार्यालयले अझै पहल गर्न सकेको छ्र्रैन । नगरपालिका स्थापना भएको बर्षोदिन पुग्दा पनि अझै नगरक्षेत्रको सुरक्षाको लागि नगरपालिका उदासिन रहेको छ । 

नगरबासीको जनधनको सुरक्षाको लागि सुरक्षाका संयन्त्रको विकास गर्न नसकेको कुश्मा नगरपालिका अहिले सम्म जिल्लामा नगर प्रहरी राख्ने सोचमा नरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो