२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्मचारीको आन्दोलनमा संघ-संगठनको ऐक्यबद्धता

२०७३, २६ माघ बुधबार ०४:५९

नन्दराम जैशी | माघ २६, जुम्ला | जुम्लामा कार्यरत स्थानिय निकायका सरकारी कर्मचारीहरुले थालेको आन्दोलनलाई जुम्लाका विभिन्न संघ संगठनहरुले समर्थन गर्ने ऐक्यबद्धता जनाएका छन । स्थानिय निकायका कर्मचारीहरुले अघि सारेका माग तथा मुद्धाहरु सान्र्दभिक भएको भन्दै संघसंगठनले सर्मथन गर्ने ऐक्यबद्धता गरेका हुन । स्थानिय निकाय कर्मचारी संघ नेपालको संयुक्त आन्दोलन परिचालन समितिले अघि सारेका माग तथा मुद्धाहरुका विषयमा जानकारी दिन आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी निकायहरले यस्तो ऐक्यबद्धता ब्यक्त गरेका थिए ।

जिविस, गाविस र नगरपालिकामा कार्यरत कर्मचारीहरुले अघि सारेका माग तथा मुद्धाहरुमा जिल्ला स्थित सम्पुर्ण राजनैतिक दल, आधिकारी ट्रेड युनियन, अन्य कर्मचारी संठगनका प्रमुख एवम प्रतिनिधी लगायतका अन्य निकायहरुले सर्मथन गर्ने बताएका छन । छलफलको अबसरमा बोल्दै नेकपा माओबादि केन्द्रका दिपक गौतमले देश संहियता कार्यान्वयमा जाँदापनि सरकारले राष्ट्सेवक कर्मचारीहरुको व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनु भयो ।

त्यस्तै संघिय समाजबादि पाटीका केन्द्रिय सदस्य बलिराज शाहिले देश र जनताहरुको सेवाको लागि निरन्तर क्रियाशिल कर्मचारीहरु बिच भएको बिबाद प्रमुख जिम्मेबार सरकार रहेको आरोप लगाउनु भयो । जनमोर्चाका जिल्ला अध्यक्ष मिन बहादुर महतले स्थानिय किायका कर्मचारीले थालेको आन्दोलन सान्र्दभिक रहेको भनाइ राख्नुभयो । स्थानिय निकाय कर्मचारी संघ नेपाल अनुसाशन आयोगका सदस्य तथा जिविसका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापाले केन्द्र स्तरमा नेतृत्व गर्ने निजामति कर्मचारीहरुले स्थानिय निकायका कर्मचारीहरुहरुको योगयता, दक्षता र पारिश्रम संग खेलवाड गरेको भन्दै कर्मचारी समायोजनमा भएको अनियमितताका बिरुद्ध ओन्दोलन गरिएको बताउनु भयो ।

स्थानिय निकाय कर्मचारी संघ नेपालका प्रदेश नम्बर ६ का उपाध्यक्ष लक्ष्मी चन्द्र न्यौपानले राज्यका एउटै अंगमा काम गर्ने कर्मचारीहरु बिच भएको बिभेदीकरणको बिरुद्ध आन्दोलन जारीराख्ने बताउनु भयो । आन्दोलन परिचालन समितिको संयोजक समेत रहनु भएका उहाले आज जुम्लामा कालो पट्टी बाधेर भएपनि स्थानिय निकायका कर्मचारीले सेवा प्रबाह गरेको जानकारी दिनुभयो । स्थानिय निकायका कर्मचारीहरको उपयुक्त माग तथा मुद्धाहरुको तत्काल सम्बोधन नभए क्रमश आन्दोलनका कार्यक्रम गर्ने तथा फागुन १ गतेबाट पुर्ण रुपमा दैनिक कार्य ठप्प पार्ने समेत चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु