चैत २७, नवलपरासी । बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक
नेपाली युवाको मृत्यु भएको छ ।
मलेसियामा नवलपरासी गठीप्रसौनी–२
का अभिषेक यादवको मृत्यु भएको हो । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय
रवीन्द्र यादवले जानकारी दिए ।
दुई दिनदेखि ज्वरो आएर थालिएका
उनको उपचारका क्रममा मृत्यु भए हो । नवलपरासीबाट वैदेशिक रोजगारीमा गएकामध्ये करिब छ महिनाको अवधिमा
छजनाको मृत्यु भइसकेको छ ।