अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने ए"/>
2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालविवाह, दाईजोप्रथा अन्त्य गर्न सामाजिक र पारिवारिक शिक्षामा जोड

अजयकुमार साह | माघ २६, उदयपुर | समाजमा कुरिती, अन्धविश्वास र कुप्रथाको रुपमा देखिएको बालविवाह र दाईजो प्रथा न्युनिकरणका लागि समाजिक र पारिवारिक शिक्षामा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले छलफलबाट निष्कर्ष निकालेकाछन् ।

नेपाल पिछडावर्ग (ओबिसी) महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्ला विकास समिति उदयपुरको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार आयोजना गरिएको मधेशी, मुस्लिम, पिछडावर्ग लक्षित कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो, बोक्सी प्रथा लगायतका अन्धविश्वास विरुद्ध एक दिवसीय सचेतना गोष्ठीका सहभागीले छलफलबाट सो निष्कर्ष निकालेका हुन् ।

ओबिसी महासंघ जिल्ला शाखा उदयपुका अध्यक्ष हिरा ठाकुरको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण गर्दै मधेशी अगुवा अजयकुमार साहले बालविवाह दिनानुदिन घटनुको सट्टा बढ्दै गएकोले अब यसको न्युनिकरणका लागि परिवार र समाजबाटै पहलहरु अगाडी बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

गोष्ठीका सहजकर्ता साहले मधेशी समुदायमा अधिकाँश कलिलै उमेरमा छोरीको विहे गर्ने चलन फष्टाउँदै गएकोले उनिहरु उच्च शिक्षा बाट बञ्चित हुनुका साथै स्वास्थ्य समस्यामा समेत घेरिने गरेको उदाहरण समाजमा प्रसस्त रहेको बताउनुभयो । साहले दाईजो प्रथा विगतमा मधेशी समुदायमा साँस्कृतिको रुपमा विकसित भएकोमा अब शिक्षित युवा जमातले यस्तो कुप्रथालाई निरुत्साहित गर्दै लगिरहेको बताउनुभयो ।

कार्यक्रममा मधेशी समाज उदयपुरका उपाध्यक्ष खेमनारायण यादव, ओबीसीका योगनारायण साह, कालीचरण यादव, राजकुमार शर्मा, रुपम गुप्ता लगायतले आफनो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई