2026-09-19 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

देवलदिब्यपुर साक्षर गाबिस घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या १४ पुग्यो

ललित बोहरा/माघ २६, डडेलधुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १४ पुगेको छ । 

बुधबार जिल्लाको देवलदिब्यपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १४ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १३ साक्षर गाविस देवलदिब्यपुको शान, साक्षर देवल बासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका बिद्यालय निरिक्षक केसब ज्ञवालीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । 

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये देवलदिब्यपुर गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या तिन हजार तिन सय ३३ जना मध्ये तिन हजार दुई सय ७५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको देवलदिब्यपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राज बहादुर पालले जानकारी दिनु भएको छ । 

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र देवलदिब्यपुरको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालय डडेल्धुरा बिद्यालय निरिक्षक ज्ञवालीले डडेल्धुरा जिल्लाको शिक्षाको बिकासका लागि आफ्नो तर्फबाट हुने काममा कहिल्यै पछि नहट्ने बताउनु भएको छ । 

कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो ।  घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । अब ४ गाबिस र दुई नगरपालीका मात्र साक्षर घोषण हुन बाकिँ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता