१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

देवलदिब्यपुर साक्षर गाबिस घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या १४ पुग्यो

२६ माघ २०७३, बुधबार १४:४१

ललित बोहरा/माघ २६, डडेलधुरा । १८ गाविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १४ पुगेको छ । 

बुधबार जिल्लाको देवलदिब्यपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १४ पुगेको हो । ‘डडेल्धुरा जिल्लाको १३ साक्षर गाविस देवलदिब्यपुको शान, साक्षर देवल बासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका बिद्यालय निरिक्षक केसब ज्ञवालीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । 

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये देवलदिब्यपुर गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या तिन हजार तिन सय ३३ जना मध्ये तिन हजार दुई सय ७५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको देवलदिब्यपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राज बहादुर पालले जानकारी दिनु भएको छ । 

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र देवलदिब्यपुरको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालय डडेल्धुरा बिद्यालय निरिक्षक ज्ञवालीले डडेल्धुरा जिल्लाको शिक्षाको बिकासका लागि आफ्नो तर्फबाट हुने काममा कहिल्यै पछि नहट्ने बताउनु भएको छ । 

कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो ।  घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । अब ४ गाबिस र दुई नगरपालीका मात्र साक्षर घोषण हुन बाकिँ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन