2026-09-19 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा खानेपानी मर्मतका योजनाहरुमा विवाद

माघ २६, दार्चुला । दार्चुला जिल्लामा चालु आर्थिक बर्षमा सञ्चालन हुने खानेपानी मर्मतका योजनाहरुमा धेरै ठाउँमा विवाद भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाले जनाएको छ । 

असार १६ गतेरातीको अविरल बर्षासँगै आएको बाढी पहिरोबाट क्षती भएका २ सय बढी योजनाहरुमा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाबाट मर्मत गर्नको लागि बजेट निकासा भएको छ ।

बाढी पहिरोबाट क्षती भएका जम्मा २ सय १५ योजना मर्मतको लागि सम्झौता गर्दा जिल्लाको घुसा, भगवती, पीपलचौरी र उकु गाविसमा बढी विवाद देखिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख बिरभद्र जोशीले जानकारी दिनुभयो ।

हालसम्म ५० बढी योजनाहरुको सम्झौता भईसकेको र अरु योजनाहरुको सम्भौता पनि भईरहेको सबडिभिजन प्रमुख जोशीले जानकारी दिनुभयो । 

त्यसैगरी खानेपानी मर्मतका लागि सम्झौता गर्दा वास्तविक उपभोक्ता समितिलाई मात्रै सिफारीस गरी पठाइ दिन जिल्ला खानेपानी कार्यालयले सबै गाविसलाई पत्राचार गरेको पनि सब डिभिजन प्रमुख बिरभद्र जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई