२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रेश यूनियन डोटीको साधारण सभा ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

२०७३, २६ माघ बुधबार १७:०८

माघ २६, डोटी | ५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन डोटी शाखाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । दिपायल स्थित सेती प्राबिधिक शिक्षालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले पत्रकारको हकहित तथा पेशागत सुरक्षाका मुद्दाहरुलाई आफ्नो घोषणापत्रमा समेटेको छ ।

पहिलो बुदामा संबिधान निर्माण बनि त्यसको कार्यान्वयन गर्ने अवस्थामा पुगेकाले राज्यको पुर्नसंरचना, स्थानिय तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा जोड दिने दोस्रोमा स्वतन्त्र प्रेस, सुरक्षा र क्षमता अभिबृद्धिका लागि प्रेस युनियन आवद्ध हामी सदस्यहरु सक्रिय भई नेपाली समाजको उत्थानका लागि कटिबद्ध रहने तेस्रोमा निष्पक्ष,स्वतन्त्र तटस्थ पत्रकारितामाथि आँच आउने गरी भइरहेका डर, धाक, धम्कीको हामी सम्पूर्ण पत्रकारहरु आपत्ति जनाउदै पछिल्लो समय जोरायलको बन फडानीबारे सेक्टर बन कार्यालय बुडरका प्रमुख सुरेश चन्द्र डिसिले फेसबुकमार्फत दिएको धम्कीको घोर भत्सर्नागर्दै प्रशासनसंग कार्वाहीको माग गरिएको छ ।

चौथोमा पत्रकारहरुको छाता संगठन नेपालपत्रकार महासंघको केन्द्रिय कार्य समितिले बिभिन्न जिल्लामा प्रेस युनियन निकट पत्रकारहरुलाई गरिरहेको बिभेदको घोर निन्दा गरिएको छ । र पाँचौ पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्न थालिएको कृष्ण प्रसाद आमसंञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गर्न लागिएकोमा त्यसलाई तुरुन्त सच्याउन सरकारसंग जोडदार माग गरिएको छ ।

यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य बद्री सिग्देलले प्रेस युनियन लोकतान्त्रिक पत्रकारहरुको संगठन भएकाले लोकतन्त्रीक मूल्य मान्यता सहितको समाज निर्माणका लागि सक्रिय रहीरहेको र पत्रकारको हकहितमा लागिररहेको बताए ।

पत्रकार महासंघको भूमिकामा रहदा र नरहदा दुबै बेला प्रेस यूनियनले पत्रकारहरुलाई आईपरेका समस्याहरुमा कुनै बाद र बिचारको ध्यान नगरी सहयोग गरेको बताए ।

बर्तमान नेपाल पत्रकार महासंघको केन्द्र मर्यादाबाट च्यूत भएको उनले बताए । यसैले पत्रकार महासंघको मर्यादा रक्षाका लागि प्रेस युनियनको नेतृत्व आबश्यक रहेको बताए ।

केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले प्रेस यूनियनमा आबद्ध पत्रकारहरुको भूमिका देशभरमै उत्कृष्ठ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !