१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रेश यूनियन डोटीको साधारण सभा ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

२६ माघ २०७३, बुधबार १७:०८

माघ २६, डोटी | ५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन डोटी शाखाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । दिपायल स्थित सेती प्राबिधिक शिक्षालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले पत्रकारको हकहित तथा पेशागत सुरक्षाका मुद्दाहरुलाई आफ्नो घोषणापत्रमा समेटेको छ ।

पहिलो बुदामा संबिधान निर्माण बनि त्यसको कार्यान्वयन गर्ने अवस्थामा पुगेकाले राज्यको पुर्नसंरचना, स्थानिय तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा जोड दिने दोस्रोमा स्वतन्त्र प्रेस, सुरक्षा र क्षमता अभिबृद्धिका लागि प्रेस युनियन आवद्ध हामी सदस्यहरु सक्रिय भई नेपाली समाजको उत्थानका लागि कटिबद्ध रहने तेस्रोमा निष्पक्ष,स्वतन्त्र तटस्थ पत्रकारितामाथि आँच आउने गरी भइरहेका डर, धाक, धम्कीको हामी सम्पूर्ण पत्रकारहरु आपत्ति जनाउदै पछिल्लो समय जोरायलको बन फडानीबारे सेक्टर बन कार्यालय बुडरका प्रमुख सुरेश चन्द्र डिसिले फेसबुकमार्फत दिएको धम्कीको घोर भत्सर्नागर्दै प्रशासनसंग कार्वाहीको माग गरिएको छ ।

चौथोमा पत्रकारहरुको छाता संगठन नेपालपत्रकार महासंघको केन्द्रिय कार्य समितिले बिभिन्न जिल्लामा प्रेस युनियन निकट पत्रकारहरुलाई गरिरहेको बिभेदको घोर निन्दा गरिएको छ । र पाँचौ पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्न थालिएको कृष्ण प्रसाद आमसंञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गर्न लागिएकोमा त्यसलाई तुरुन्त सच्याउन सरकारसंग जोडदार माग गरिएको छ ।

यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य बद्री सिग्देलले प्रेस युनियन लोकतान्त्रिक पत्रकारहरुको संगठन भएकाले लोकतन्त्रीक मूल्य मान्यता सहितको समाज निर्माणका लागि सक्रिय रहीरहेको र पत्रकारको हकहितमा लागिररहेको बताए ।

पत्रकार महासंघको भूमिकामा रहदा र नरहदा दुबै बेला प्रेस यूनियनले पत्रकारहरुलाई आईपरेका समस्याहरुमा कुनै बाद र बिचारको ध्यान नगरी सहयोग गरेको बताए ।

बर्तमान नेपाल पत्रकार महासंघको केन्द्र मर्यादाबाट च्यूत भएको उनले बताए । यसैले पत्रकार महासंघको मर्यादा रक्षाका लागि प्रेस युनियनको नेतृत्व आबश्यक रहेको बताए ।

केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले प्रेस यूनियनमा आबद्ध पत्रकारहरुको भूमिका देशभरमै उत्कृष्ठ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन