Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलाई पत्रकारिता पुरस्कार दिइने

२०७३, २६ माघ बुधबार १७:२२

माघ २६, दमौली (तनहुँ) | राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता एवम प्रेस यूनियन तनहुँका पूर्व अध्यक्ष सूर्यचन्द्र बस्नेतलाई नेपाल पत्रकार महासंघ तनहुँले सुरज गुरुङ स्मृति  पत्रकारिता पुरस्कार २०७२ प्रदान गर्ने  भएको छ । 

दुई दशक भन्दा बढी  लामो समयदेखि पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेर योगदान पुरयाएबापत पत्रकार वस्नेतलाई महासंघ तनहुँको वैठकले सो पुरस्कार दिने निर्णय गरेको हो । वस्नेत रासस सञ्चालक समितिका पूर्व वोर्ड सदस्य एवम रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका पूर्व प्रमुख समेत हुन् । 

राष्ट्र पुकार  साप्ताहिकको तनहुँ संवाददाताबाट पत्रकारिता जीवन शुरु गरेका वस्नेतले नव  व्यासवाणि तनहुँका सम्पादक, तनहुँ आवाज साप्ताहिकका उपसम्पादक तथा विभिन्न पत्रिकको संवाददताका रुपमा तनहुँबाट समेत काम गरेका थिए । 

यसैगरी नेपाल पत्रकार महासंघ तनहुँको वैठकले वेदव्यास पत्रकारिता पुरस्कारबाट पत्रकार वसन्त कँडेललाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । 

फागुन तीन  गते हुने महासंघको जिल्ला अधिवेशनका अवसरमा  दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने छ। जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न शाखा सभापति डम्वर अधिकारीको सभापतित्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश