१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलाई पत्रकारिता पुरस्कार दिइने

२६ माघ २०७३, बुधबार १७:२२

माघ २६, दमौली (तनहुँ) | राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता एवम प्रेस यूनियन तनहुँका पूर्व अध्यक्ष सूर्यचन्द्र बस्नेतलाई नेपाल पत्रकार महासंघ तनहुँले सुरज गुरुङ स्मृति  पत्रकारिता पुरस्कार २०७२ प्रदान गर्ने  भएको छ । 

दुई दशक भन्दा बढी  लामो समयदेखि पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेर योगदान पुरयाएबापत पत्रकार वस्नेतलाई महासंघ तनहुँको वैठकले सो पुरस्कार दिने निर्णय गरेको हो । वस्नेत रासस सञ्चालक समितिका पूर्व वोर्ड सदस्य एवम रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका पूर्व प्रमुख समेत हुन् । 

राष्ट्र पुकार  साप्ताहिकको तनहुँ संवाददाताबाट पत्रकारिता जीवन शुरु गरेका वस्नेतले नव  व्यासवाणि तनहुँका सम्पादक, तनहुँ आवाज साप्ताहिकका उपसम्पादक तथा विभिन्न पत्रिकको संवाददताका रुपमा तनहुँबाट समेत काम गरेका थिए । 

यसैगरी नेपाल पत्रकार महासंघ तनहुँको वैठकले वेदव्यास पत्रकारिता पुरस्कारबाट पत्रकार वसन्त कँडेललाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । 

फागुन तीन  गते हुने महासंघको जिल्ला अधिवेशनका अवसरमा  दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने छ। जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न शाखा सभापति डम्वर अधिकारीको सभापतित्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन