Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खलाखेतमा १५ शैयाको सामुदायिक अस्पतालको शिलान्यास

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया | माघ २७, मुगु | मुगु जिल्लाको पश्चिम खत्याड भेगको गम्था गाविस वडा नं ४ खलाखेतमा  १५ शैयाको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । मुगु जिल्लाको गम्था गाविस वडा नं ४ खलाखेतमा ओम रारा हेल्थ फाउण्डेशन नामक सामुदायिक अस्पतालको भवन निमार्णका लागी स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले  शिलान्यास गर्नु भएको हो ।

सिलान्यास कार्यक्रमलाई सम्बोधन गदै मन्त्री गुरुङ्गले जबसम्म राज्यका जनता स्वस्थ हुदैनन तवसम्म राज्य सबल हुदैन जनता स्वस्थ राख्न राज्यले सुलव स्वस्थ्य सेवा,सहज सरकारी सेवा,स्वच्छ खानेपानी,शिक्षा,संचार र यातायात को व्यवस्था गर्नु पने बताउनुभयो । प्रथमिकताका साथ सामुदायिक अस्पताल निमार्णका लागी सरकारले सहयोग गर्नु पनि सबल,सक्षम राज्य बनाउन गएिको  एक प्रयास रहेको मन्त्री गुरुङ्गको भनाई छ । १५ शैयाको सेवा दिने गरि निमार्ण हुन लागेको यो अस्पतालका लागी स्वास्थ्य मन्त्रालयले १ करोड अनुदान र समुदायले ५८ लाख रकम व्यहोरेर ठेक्का काम हुने भएको छ । अस्पताल निमार्णका लागी रकम जुटाउन २०७१ साल भाद्र १५ देखि २३ गतेसम्म ओम रारा फाउण्डेशनले काठमाडौमा महायज्ञको लगाएको थियो । महायज्ञको तत्कालिन उपराष्टपति परमानन्द झाले उद्घाटन गर्नु भएको थियो भने ९ दिनसम्म चलेको महायज्ञबाट २४ लाख ६ हजार ४२ रुपयाँ दानचन्दा बाट संकलन भएको र २६ लाख ५१ हजार १ सय रुपयाँ विभिन्न संघ सस्था र व्यक्तिहरुले सहयोग गर्ने बचनबद्घता गरेको फाउण्डेसनका अध्यक्ष खड्क बहादुर शाहीले बताउनु भयो ।

महायज्ञ ताका सामुदायिक अस्पताल बन्नेमा धेरैले शंका गरेर चन्दा नदिएर उधारो टिपाए अब यथार्थमा शिलान्यास समेत गरेर अस्पताल भवन समेत बन्न लागेकाले उद्यारो टिपाउने विशिष्ट व्यक्ति तथा संघ सस्थाहरुले आफनो कबुल अनुसारको रकम दिने पनि विश्वास व्यक्त गर्नु भयो । सोचे जस्तो चन्दा दान नउठेपछि फाउण्डेसनले ललितपुर स्थित गतिशिल सहकारीबाट २० लाख ऋण लिएर महायज्ञको खर्च व्यहोरेको थियो । महायज्ञमा ४६ लाख २१ हजार खर्च भएको पनि फाउण्डेसनले जनाएको छ । अस्पताल निमार्णले सामान्य सिटामोल लिन र उपचार गर्न पनि दुई तिन दिन हिडेर वा महगो खर्च गरेर सुविधा सम्पन्न ठाँउ र जिल्ला अस्पताल जानु पर्ने बाध्यताबाट विकट मुगु जिल्लाका खत्याड भेगका जनता मुक्त हुने विश्वास व्यक्त गरिएको छ ।

अस्पताल संचालन भएमा मुगुका पश्चिम भेग खत्याड मात्र नभएर बाजुरा जिल्लाका चार गाविस र हुम्ला जिल्लामा चार गाविसका जनताले समेत सहज स्वास्थ्य सेवा पाउने फाउण्डेसनका अध्यक्ष शाहीको भनाई  छ  । बुधबार शिलान्यास गरिएको ९ कोठे अस्पताल भवन १ बर्ष भित्रमा निमार्ण सम्पन्न भैसक्ने ओम रारा हेल्थ फाउण्डेसनले जनाएको छ । भवनको शिलान्यास आज स्वास्थ्य राज्य मन्त्रीले विधीवत रुपमा गरेपनि एक बर्ष यताबाट उक्त क्षेत्रमा फाउण्डेसनले ५ शैयाको सुविधा दिएर अस्पताल चलाई रहेको थियो ।