2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सगरमाथा बाल क्लबले बालमैत्रि वेभसाईट संचालन गर्दै

दयाराम आचार्य/ बैशाख २, नवलपरासी । नेपालकै पहिलो बाल मैत्रि नगरपालिका
घोषणा भएको नवलपरासी जिल्लामा बाल मैत्रि अवधारण अन्य नगरपालिका र गाविसले लागु गर्दै बाल मैत्रि बनाउने
क्रममा लागि रहेका छन । यस हिसाबमा सम्पुर्ण जिल्ला लाई नै बाल मैत्रि बनाउन जिल्ला बासी लागिरहेको
अवस्थामा बाल मैत्रि जिल्ला कायाम गराउन प्रविधिको पनि महत्व हुने भएको भन्दै प्रसौनी नमुना गाविस ५ मा
रहेको सगरमाथा बाल क्लबले बालमैत्रि वेभसाईट संचाल गर्न लागेको छ ।

बिश्व परीवेश प्रविधियुक्त भई सकेको अवस्थामा प्रविधि संगै नगए बालमैत्रीको पुर्ण
कार्यान्व्यन सम्भव नहुने भन्दै आफुहरुले बालमैत्रि वेभसाईट संचालन गर्न लागेको क्लबका अध्यक्ष खिमानन्द
देवकोटाले बताउनु भयो ।

अहिले धेरै मानिस प्रविधिको पहुचमा रहेका कारण वेभ साईट मार्फत बालमैत्रि
जिल्ला अझ समग्र देशलाई नै बालमैत्रि बनाउन के कस्ता कुराहरु गर्न आवश्यक पर्दछन ,त्यसको बारेमा जानकारी
हरु प्रदान गरीने अध्यक्ष देवकोटाले बताउनु भयो ।

वेभसाईटमा
बालमैत्रि हुन आवश्यक पर्ने सुचक,बालवालिका सम्बन्धि भए गरेका निति नियम,कानुन,लगाएतका सामाग्रि राखिने
समेत उहाले बताउनु भयो ।

वेभसाईट क्लबको असार १ गते पर्ने
बार्षिकउत्वको दिन उद्धघाटन गरीने जनाईएको छ । क्लबले बालमैत्री वेबसाईट सञ्चालन गर्ने कार्यमा
अधिकारकर्मी, पत्रकार,समाजसेवी, राजनैतिक दल, व्यापारी, उद्योगि,नागरिक समाज लगायत सम्पुर्णको साथ र
सहयोग आवश्यक पर्ने भन्दै सबैलाई सहयोगको लागि समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई