Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा औषधि खरिदका लागि सात करोड निकासा

२०७३, २७ माघ बिहीबार ०७:०५

माघ २७, डडेल्धुरा । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ । 

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो । 

भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पु¥याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् । सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा रु ७० लाख निकासा भएको छ । 

डडेल्धुराको जोगबुढा अस्पताल अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान रु १० लाख र पाँच लाख गरी रु १५÷१५ लाख निकासा गरिएको छ । 

पहिलो चरणमा रु ६० लाख र दोस्रो चरणमा रु १० लाख गरी रु ७० लाख निकासा भएको हो । यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा रु ५५ लाख र १२ लाख गरी रु ६७ लाख, बैतडीमा रु ५० लाख र रु १० लाख गरी रु ६० लाख औषधि खरिदका लागि निकासा भएको छ । 

त्यस्तै, कञ्चनपुरमा रु ४५ लाख र रु १२ लाख गरी रु ५७ लाख, अछाममा रु ४५ लाख र रु ११ लाख गरी रु ५६ लाख, डोटीमा रु ४५ लाख र रु नौ लाख गरी रु ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा रु ३५ लाख र रु १० लाख गरी रु ४५ लाख निकासा भएको छ ।

बाजुरा र दार्चुलामा सामान रु ४० लाख र रु आठ लाख गरी रु ४८÷४८ लाख निकासा भएको जनाइएको छ । मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराउनुभयो । 

विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश